काठमाडौ क्षेत्र नं ४ प्रादेशिक क्षेत्रमा नेपाली कांग्रेसका आत्माराम पौडेलको दावी
कपन अनलाइन
काठमाडौ,भाद्र २७ ।
क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाए पछी एकाएक अहिले सबै पार्टीहरु भित्र राजनीतिक तरंग पैदा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा पनि अहिले स्थानीय ठाउहरुमा ,चिया पसलहरुमा र राजनीतिक वृतमा चर्चा परिचर्चा सुरु भएको छ। त्यती मात्र हैन अहिले यस क्षेत्रका नेताहरु आन्तरिक दावी र दौडधुपमा लागेका छन ।
नेपाली कांग्रेसमा यस क्षेत्रमा धेरै नेताहरु सक्रिय रहेका छन । केन्द्रिय क्षेत्रमा गगन कुमार थापाको उम्मेदवारी लगभग निश्चित भएको यस क्षेत्रमा २ वटा प्रादेशिक क्षेत्रमा भने आन्तरिक प्रतिस्पर्धा निकै रोचक हुदै गएको एक नेताले बताए। यो दौडमा अहिले आत्माराम पौडेल पनि देखिएका छन । यसै सन्दर्भमा कपन अनलाइन संग कुराकानी गर्दै पौडेलले बुढानिलकण्ठ नगरपालिकामा रहने प्रादेशिक क्षेत्रमा आफ्नो शसक्त दावी रहने बताए ।
जेपी हाइस्कुल बाट एस. एल. सी उतिर्ण गरि तत्कालिन नेसनल कलेज हाल शंकरदेव क्याम्पस बाट बि.ए सम्मको अध्ययन गरेका पौडेल सामाजिक र राजनैतिक क्रियाकलापमा बिद्यार्थी जिबन देखि नै राजनीतिमा सक्रिय रहदै २०४४ सालमा प्रधानपन्च भएका थिए भने २०४९ सालमा कपन गाबिसको अध्यक्ष बनेका थिए । ।२०३६ सालमा बहुदलको प्रचारमा लागेका उनले त्यतिबेला नै काँग्रेसको साधारण सदस्य प्राप्त गरेका थिए भने सो समयमा जमरा पत्रिका प्रकाशनको मध्यम बाट समाजसेवामा सक्रिय बनेका थिए ।
तत्कालिन कपन गाविसको अध्यक्ष हुदा बालउद्धार मावी कपन,जनजागृति मावी जगडोल, जनउद्धार मावी चुनिखेल र यज्ञमति मावी पैयाटार स्थापना गर्न आफ्नो पहल कदमी रहेको दावी गर्ने पौडेल नेपाली कांग्रेसको काठमाडौँ जिल्लाको निर्वाचन जिल्ला सदस्य, क्षेत्रीय सभापति हुदै हाल तेस्रो पटक महासमिति सदस्यको रुपमा क्रियाशील रहेका छन ।
यसका साथै उनले कैलाशकुट बहुमुखी क्याम्पसको अध्यक्ष ,नेपाल परिवार नियोजन केन्द्रीय सदस्य,नेपाल रेडक्रस सोसाइटी ,नेपाल उपभोक्ता मंच लगायत विभिन्नसस्थामा रही काम गरेको अनुभव संगाली सकेका छन् ।
बुढानिलकण्ठ नगरपालिकामा रहने प्रादेशिक क्षेत्रमा नै दावी किन भन्ने प्रश्नमा उनले काँग्रेस संग दृष्टिकोण ,योजना ,सामर्थ र विश्वासिलो इतिहास जनताको माग चहाना अनुसार काम गरेको र जनताको समेत बिश्वास जितेको उनले दावी गरे । यसका साथै आफ्नो जीवनको महत्व पूर्ण समय देश र यस क्षेत्रका जनताको लागि खर्च गरेकाले पनि यस पटक फरक भूमिका सहित सेवा गर्न चाहेको उनले बताए ।
आर्थिक रुपान्तरण संगै परिबर्तनका सपना देखेका उनले समाजको बिकासको आधार नै राजनीति भएकोले आफु सक्रिय रुपमा राजनीतिमा लागेको बताए ।आफु यस क्षेत्रको प्रकृति संग खेल्दै आएको र सबै भौगोलिक बस्तुस्थिति बुझेको र लामो समय नेपाली काँग्रेसबाट राजनैतिक र सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा सक्रिय रहको हुनाले पनि उम्मेदावरी दिन लागेको उनको भनाई थियो ।
यस क्षेत्रमा दावी गर्ने सवै जना उपयुक्त र प्रभावशाली रहेको र यस पटकको निर्वाचनमा आम कार्यकर्ताले योग्य मध्ये आफुलाई छान्ने विस्वास रहेको उनले कपन अनलाइनलाई बताए ।