प्रध्यानाध्यापक मुक्तिनाथ हत्याकाण्ड सिनेमाको पर्दामा

१ जेठ, काठमाडौ । लम्जुङका शिक्षक मुक्तिनाथ हत्यकाकाण्डलाई बिषयबस्तु बनाएर बनाइएको सिनेमा ‘खग्रास’को आज राजधानीमा प्रिमियर शो गरिएको छ । राजधानीको कुमारी हलमा आयोजित प्रिमियर शोमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागि थिए ।

muktinath_adhikariसशस्त्र द्धन्दका क्रममा लम्जुङको दुराडाँडास्थित पाणिनी माविका प्रध्यानाध्यापक मुक्तिनाथ अधिकारीको माओवादी कार्यकर्ताले ज्यादतीपूर्ण ढंगले हत्या गरेका थिए । एकीकृत माओवादीले सशस्त्र द्धन्दका क्रममा भएका घटनामध्ये गम्भीर गल्तीको रूपमा मुक्तिनाथ हत्याकाण्ड रहेको स्वीकार गरिसकेको छ ।

सिनेमामा निर्दोश शिक्षकको हत्याकाण्ड कसरी रचियो भन्ने बिषय समेटिएको छ ।

शैलेस आचार्यको निर्देशन र भुवन आचार्यको निर्माण रहेको उक्त चलचित्रमा संयोग पोखरेल, सोनी केसी, दिनेश शर्मा, अनिल पोखरेल, माधव आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

तपाइँको प्रतिक्रिया ।