नागार्जुन नगरपालिका वडा नं ९ का १०० दिनका मुख्य उपलव्धीहरु

नागार्जुन नगरपालिका वडा नं ९ का १०० दिनका मुख्य उपलव्धीहरु

कपन अनलाइन

काठमाडौ,भाद्र २३ ।

नागार्जुन नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जन प्रतिनिधिले सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ।

नागार्जुन  नगरपालिका वडा नं ९  मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं ९ का अध्यक्ष रामकृष्ण भट्टराई संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ।

नागार्जुन नगरपालिका वडा नं ९ का १०० दिनका मुख्य उपलव्धीहरु

  • जनता संग प्रत्यक्ष अन्तरक्रिया र तीज कार्यक्रम  

नागार्जुन  नगरपालिका वडा नं ९ का जनप्रतिनिधिले आफ्नो कार्यकालको १०० दिनमा वडाका जनता ,बुद्धिजीवी ,पेसाकर्मी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु संग प्रत्यक्ष अन्तरक्रिया गरि वडा को पहलमा महिलाहरुको महान चाड हरितालिका तीज को उपलक्ष्य पारेर बृहत दर कार्यक्रम को आयोजना गरेको कुरा अध्यक्ष भट्टराइ ले बताए, साथै विभिन्न समय मा वडाको बिकास को लागि अन्तरक्रिया गरेको र यस अन्तरक्रियामा प्राप्त सुझाव ,राय सल्लाह , गुनासाहरुको अभिलेखीकरण गरी तिनै कुराहरुको आधारमा वडा विकासको लागि आफु प्रतिबद्ध रहेको अध्यक्ष भट्टराई ले कपन अनलाइनलाई बताए ।

  • विकास निर्माण सडक तथा खानेपानी

नागार्जुन नगरपालिका वडा नं ९  का विभिन्न सडक हरु वर्षाको कारण ले  खाल्डा खुल्डी बढेको र  त्यसको  समाधान को लागि ग्राबेल हाली पुर्ने  काम भएको कुरा बताए । पन्चकन्या ठाडो  उकालो १५ लाख को लागत सहित  जनसहभागितामा ढलान गरिनु का साथै भित्रि बाटो १० फुटे कायम गरि ढलान गरिएको ,अमरज्योति मार्ग मा २ लाख को पिच गरिएको केहि को लागि टेन्डर समेत आवहान को प्रक्रिया मा पुगेको, बर्षात को समय मा केहि भाग मा पहिरो गएको र थप क्ष्यति हुन नदिन पहिरो गएको ठाउमा पाल राखेर छोप्ने काम भयो । अन्य सहायक सडकहरुको अवस्था अध्ययन गरी विस्तार ,निर्माण र सुधारको काम को सुरुवात भएको र खानेपानी सस्थां संग खानेपानी  को लागि  निरन्तर छलफल गरिरहेको बताए   ।

  •  वडा कार्यालय ब्यबस्थित गरिएको 

वडा नं ९ को वडा कार्यालय अब्यबस्थित रहेको मा सौचालय निर्माण सहित  त्यसलाई ब्यबस्थित बनाउने काम सम्पन्न जसले गर्दा सेवा ग्राहीलाई वडा कार्यालय मा सहज महसुस भएको छ र कार्य सम्पादन पनि छिटो छरितो भएको र अव सेवा प्रदान सहज र प्रभावकारी भएको  यी र अन्य काम हरु नै आफ्नो कार्यकाल को १०० दिनका मुख्य उपलव्धी रहेको अध्यक्ष रामकृष्ण  भट्टराई ले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।