बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का १०० दिनका मुख्य उपलव्धीहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का १०० दिनका मुख्य उपलव्धीहरु

कपन अनलाइन

काठमाडौ,भाद्र २३ ।

बुढानिलकण्ठ  नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले २०७४ जेष्ठ १० गते सपथ ग्रहण गरे  पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ।

बुढानिलकण्ठ  नगरपालिका वडा नं १२  मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं १२  का अध्यक्ष शम्भु प्रसाद  भट्टराई संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ।

बुढानिलकण्ठ  नगरपालिका वडा नं १२  का १०० दिनका मुख्य उपलव्धीहरु

क) विकास निर्माणतर्फ
१) त्रिज्योति पछाडि गौरीशंकर टोल लागि ग्राभेलिङ÷मर्मत
२) उसुक्वान टोल सडक ग्राभेलिङ÷मर्मत
३) आदर्शनगर मेलमिलाप टोल ब्लक छाप्ने कार्य सम्पन्न
४) आदर्शनगर हरि बन्जाराको घरबाट भित्र जाने बाटो ब्लक छाप्ने कार्य सम्पन्न
५) दुरसंचार अगाडि शालिकराम भट्टराईको टोलमा ब्लक छाप्ने कार्य सम्पन्न
६) आदर्श नगर मूल सडक कालोपत्रे
७) कारखाना–आकाशेधारा बाटो ढलान कार्य सम्पन्न
८) शान्ति आनी टोल बाटो ढलान
९) बालकुमारी खानेपानी योजना १ सम्पन्न
१०) बालकुमारी खानेपानी योजना २ निर्माणाधीन
१२) फैका खरीबोट ढल भासिएको मर्मत
१३) वर्षातको समयमा वडा भित्रका विभिन्न हिलो बाटोमा ग्राभेल राखिएको

ख) लक्षित वर्गतर्फ
१) सिलाई/कटाई:मखमल जुत्ता चप्पल बुन्ने तालिम सम्पन्न
२) महिला उद्घोषण तालिम सम्पन्न
३) दलित महिला अचार निर्माण तालिम सम्पन्न

ग) सामाजिक तथा अन्य कार्य

१) बालकुमारी आधारभूत विद्यालयको सुधार योजना सहित व्यवस्थापन समिति, कर्मचारी र वडा समितिबीच त्रिपक्षीय छलफल र कार्यान्वयनको चरणमा प्रवेश गरेको
२) विभिन्न टोल सुधार समितिका प्रतिनिधि, फोहोरमैला व्यवसायी तथा वडा समितिबीच छलफल
३) नवदुर्गा स्वास्थ्य समिति र वडा समिति बीच छलफल गरिएको
४) नेपाल विद्युत प्राधिकरणसँग छलफल पश्चात् वडाभित्र रहेका ढलेका पोल, घरमाथिबाट गएका तार व्यवस्थापन, फेर्नुपर्ने पोलको लगत संकलन गरी नेविप्रामा ध्यानाकर्षण गराएको
५) वडाको खानेपानी समस्या समाधानका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग माननीय राजन भट्टराई, नगरप्रमुख उद्धव खरेलसहितको छलफल र शीघ्र नै यस क्षेत्रको खानेपानीका लागि डिपिआर तयार गर्ने सम्झौता  गरिएको ।
६) वडाको ढल निकास र वर्षाको पानी निकासको समस्या समाधानका लागि गत आवको रातो किताबमा परेको योजना नयाँ सरकारले हटाइसकेपछि माननीय राजन भट्टराईको पहलमा उक्त कार्यको निरन्तरताको लागि सम्बन्धित निकायसँग पहल र  छलफल गरिएको

 

तपाइँको प्रतिक्रिया ।