लोकमान आएपछि शेयर बजार ओरालो

२९ बैशाख, काठमाडौ । राजनीतिक अन्यौलता बढ्दै जाँदा नेपाल स्टक स्क्चेन्ज (नेप्से) आजपनि ओरालो लागेको छ । विगत केही सातादेखी निरन्तर ओरालो लागेको नेप्से साताको पहिलो दिन २ दशमलव ६६ अंकले घटेर ४ सय ८३ बिन्दुमा झरेको छ ।

राजनीतिक अस्थितरा बढेको तथा निर्वाचन मितिLokmanshing_karki घोषणा हुन नसक्दा शेयर मार्केट निरन्तर ओरालो लागेको हो । साताको पहिलो दिन आज शेयर बजारमा होटल समूह बाहेक सबै सूचक ओरालो लागेका छन् । होटल समूहमा झिनो सुधार आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिसँगै नक्कली भ्याट बिल छानविन प्रक्रिया अगाडि बढाउने तयारी गरेपनि साना लगानीकर्ता शेयर किन्न डराएका छन् । मेघा बैकले प्राथमिक शेयर निस्काशन तयारी गरेका कारण पनि साना लगानीकर्ताले पूरानो शेयर किन्न हिच्किचाएका हुन् ।

तपाइँको प्रतिक्रिया ।