दक्षिणकाली नगरपालिका वडा नं १ खुला दिशामुक्त वडा घोषणा
कपन अनलाइन
काठमाडौ,भाद्र १८।
“खुल्ला दिशा मुक्त गर्नुछ २०१७ भित्र,सक्षम र जिम्मेवार स्थानीय नेतृत्व” भन्ने मुल नारा सहित दक्षिणकाली नगरपालिका वडा नं १ चाल्नाखेल खुला दिशामुक्त वडा घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, बिशेष अतिथि उपप्रमुख बसन्ती डङ्गोल (तामाङ ), नगरपालिका कार्यकारी अधिकृत ,क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलको इन्जिनियर अन्नपूर्ण बराल ,जिल्ला समन्वय समिती बाट बरिस्ट सामाजिक बिकास अधिकृत दिपक कुमार के.सी ,कार्यपालिका सदस्यहरु , दक्षिणकाली नगरपालिका वडा १ का अध्यक्ष जय थापा मगर ,वडा २ अध्यक्ष राम चन्द्र क्षेत्री ,वडा ३ अध्यक्ष नानीबाबु बस्नेत ,वडा ५ अध्यक्ष श्याम बहादुर खत्री ,वडा ६ अध्यक्ष शंकरमान महर्जन ,वडा ७ बाट हरि प्रसाद तिमल्सेना ,वडा ९अध्यक्ष अमृका बलामी लगायत वडा सदस्यहरु ,समाजसेवी,विभिन्न बिधालयका प्राचार्यहरु सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथी हरुले बृक्ष्यारोपण गर्नुका साथै सार्बजनिक सौचालय पनि उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न बिधालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने प्रमुख अतिथिले बेलुन उडाउदै खुला दिशामुक्त वडा घोषणा गरेका थिए ।कार्यक्रममा बोल्दै वडा १ चाल्ना खेलका अध्यक्ष जय थापा मगरले अब यो सरसफाइ कार्यलाई निरन्तरता दिने र सरसफाइ आचारसंहिता पुर्ण रुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै दक्षिणकाली नगरपालिकाका प्रमु्ख मोहन बस्नेतले अब छिट्टै फोहोर मैलाको उचित ब्यबस्थापन गरिने र भाद्र १९ गते वडा ५ र ६ लाई ODF घोषणा गर्ने र बाकी वडालाई पनि छिट्टै घोषणाको लागि पहल गर्ने साथै त्यस क्षेत्रमा रहेका सहायक राजमार्ग अन्तर्गत ठाउँ ठाउमा सार्वजनिक सौचालय निर्माण गरिने बताएका थिए । फोटो सौजन्य :जयराम गिरी (वडा सचिब)