कपनमा तनाव व्यवस्थापन तालिम सम्पन्न

कपनमा तनाव व्यवस्थापन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौ,भाद्र १८।

सिद्धेश्वर योग साधना केन्द्रको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा १० कपनमा रहेको माउन्ट एभरेष्ट ईंग्लिश स्कुलमा तनाव ब्यबस्थापनमा योगको भुमिका बिषयक एक दिने बिचार गोष्ठी तथा प्रमाणपत्र बितरण कार्यक्रम  सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ रहेको सो कार्यक्रममा  विशेष अतिथि क्षेत्र ४ का सांसद डा. राजन भट्टराई ,नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी ,योग चिकित्सक डा.हरी  प्रसाद पोख्रेल ,बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख  रमा राई लगायतको उपस्तिथी रहेको थियो।

“सबै नेपाली नागरिकको स्वास्थ जीवन ,नागरिकको धन” भन्ने मान्यतालाई  स्थापित गर्न बुढानिलकण्ठ नगरपालिका र काठमाडौ महानगरपालिकाका केही स्थानमा दैनिक तथा अस्थायी योग शिविर संचालन गर्दै आएको सिद्धेश्वर योग साधना  केन्द्र बाट १ महिने योग शिक्षक तालिम बाट दिक्षान्त भएका ४७ जना शिक्षकहरु र सस्थाका आजिबन सदस्यहरुलाइ प्रमाणपत्र पत्र बितरण गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।