बुढानिलकण्ठ नगरपालिका ११ मा खोप केन्द्र तथा स्वस्थ्य चौकीको सिलान्यास

बुढानिलकण्ठ नगरपालिका  ११ मा खोप केन्द्र तथा स्वस्थ्य चौकीको सिलान्यास

कपन अनलाइन

काठमाडौ,भाद्र १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयटारको खाद दहमा  वडा ११ का अध्यक्ष राजु अधिकारीले एक कार्यक्रमका बीचमा खोप केन्द्र तथा स्वस्थ्य चौकीको सिलान्यास गरेका छन ।

उक्त कार्यक्रममा कपन स्वास्थ चौकी प्रमुख कामदेब आचार्य ,वडा सदस्यहरु बिमल लामा ,बिनोद तामाङ ,भगवती निरौला ,रत्ना नगर्ची र निर्माण समितीका अध्यक्ष उत्तम श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।

महिना को २ पटक महिला ,जेष्ठ नागरिक र  बालबालिकाहरुको नि: शुल्क स्वास्थ परिक्षण गरिनुका साथै नेपाल सरकारले उपलब्ध गराएको खोप सुबिधा दिने उदेश्यका साथ उक्त खोप केन्द्र तथा स्वस्थ्य चौकी निर्माण गर्न लागेको कुरा ११का वडा सदस्य बिमल लामाले बताए ।

जम्मा ४ लाख २० हजार रुपैया लागतमा निर्माण हुन लागेको खोप केन्द्र र स्वस्थ चौकी भवन निर्माणका लागि नगरपालिका बाट २ लाख २० हजार र जनस्वस्थ्य बाट २लाख उपलब्ध हुने कामदेव आचार्यले बताए ।

यो बने पछि पैयटार बासीले ठुलो राहत पाउनेछन पहिला स्वस्थ्य सेवा लिन कपन पुग्नुपर्थ्यो यो बने पछि त्यो बाध्यता हट्ने साथै उक्त खोप केन्द्रमा खोप पछि बच्चाहरु खेलेर रमाउन सकुन भन्ने उदेश्यका स्वस्थ चौकी नजिकै नमुना बाल उद्दान पनि बनाउने सोच रहेको अध्यक्ष राजु अधिकारीले बताए ।

 

तपाइँको प्रतिक्रिया ।