ओखलढुङ्गाको चम्पादेबी गाउँपालिकामा मिनि ट्रक दुर्घटना,१ जनाको मृत्यु ५ जना घाईते

कपन अनलाइन

काठमाडौं,भाद्र १७ 

ओखलढुङ्गाको चम्पादेबी गाउपालिका वडा नं  २ मा हिजो बेलुकी ७ बजे बा ४ ख ८०९८ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय फिट तल खस्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । दुर्घटनामा मिनी ट्रकमा सवार अन्दाजी २२ बर्षिय युवकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ । दुर्घटनामा मिनि ट्रक चालक सिन्धुली फिकल–२ का ३७ बर्षिय यम कुमार मगर, मिनी ट्रकमा सवार ओखलढुङ्गा चम्पादेबी –१ का ३० बर्षिय युवराज बराल, १८ बर्षिय अर्जुन रोका, काभ्रे भकुण्डेबेसीका २४ बर्षिय हिरा तामाङ्ग र २४ बर्षिय सुजन सापकोटा घाईते भएका छन् । घाईते मध्ये गम्भिर घाइते बराल र रोकालाई थप उपचारको लागि वि. एण्ड वि. अस्पताल ग्वार्को ललितपुर ल्याईएको छ । अन्य घाइतेहरुको भने स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।समाचार साभार :काठमाडौं खबर फेसबुक वाल बाट 

तपाइँको प्रतिक्रिया ।