दक्षिणकाली नगरपालिका वडा नं १  का योजना तथा कार्यक्रमहरु

दक्षिणकाली नगरपालिका वडा नं १  का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र १५ ।

दक्षिणकाली नगरपालिका वडा नं १  का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार गर्ने तथा वडाको भौतिक र मौलिक सांस्कृतिक  पक्षको विकास गरी वडालाई नमुना वडा बनाउने मुख्य योजना रहेको अध्यक्ष जय थापा मगरले बताए ।

वडा नं १  का मुख्य तथा सहायक सडकहरुमा चल्ती हुँदै वडा नं  २ छ घर अपांग बस्ती जोड्ने कृषि मोटर बाटो ड्रेन सहित ग्राबेल गर्ने, हात्ती बन हबेली मुल सडकबाट हात्तीधारा मोटर बाटो जोड्ने र नया ट्रयाक खोल्ने,  मनोकामना मन्दिर लामाटोल मोटर बाटो ढलान गरि ढल ब्यबस्थापन गर्ने,कुश्लेगाउ माथिल्लो बस्ती मोटर बाटो ढलान गर्ने, महादेब स्थान बागधारा बोसन मोटर बाटो स्तरउन्नती गर्ने ,गुमचबाट जोगिचौर मोटर बाटो ड्रैन सहित निर्माण गर्ने,  मुलपानी टोल बाटो ड्रैन तथा ग्राबेल गर्ने योजना रहेको  अध्यक्ष थापा मगरले बताए ।

यसी गरी वडा नं १ मा रहेका नगरकोटि टोल बोसन देखि डाडा गाउँ जोड्ने मोटर बाटो ड्रैन सहित ग्राबेल गर्ने ,सर्बोषदी घाट मुलपानी देखि कुटि प्वाकल मोटर बाटोमा ढल तथा ड्रेन निर्माण ,ललिता नगरकोटिको घर बाट माथिल्लो खहरे बस्ती बाटो निर्माण गत्ने ,घट्टे चौर बाट भित्री बस्ती हुँदै मुलपानी जोड्ने बाटो ढल ब्यबस्थापन गरि बाटो ढलान गर्ने, बिमला रैलाको घर बाट माथिल्लो खहरे बस्ती जाने बाटो निर्माण गर्ने ,खोमेको घर देखि बाट चम्पादेबी पाउ हुँदै लेकाली टोल बाट गुरुङ गाउँ जोड्ने मोटर बाटो निर्माण गर्ने,  बोसन ढुङ्गा खानी बाट मिजार गाउँ हुँदै च्यानगैरी चौर मोटर बाटो ड्रेन सहित मोटरबाटो ग्राबेल गर्ने , ,साम्दु गाउँ मोटरवाटो निर्माण लगायत अन्य बाटो आवश्यकता हेरि सुधार मर्मत गरिने अध्यक्ष  थापा मगरले बताए  ।

वडा नं १ को भण्डारी गाउको खानेपानी मुहान संरक्षण गर्ने र अन्य पानीको श्रोत संरक्षण गरि वडामा खानेपानी सहज वितरणको व्यवस्था गर्ने वडा नं १  ले जनाएको छ ।

वडा नं १ का सार्वजनिक जग्गाको संरक्षण गर्न अभिलेख राख्ने र रेखांकन गर्ने र धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी उचित स्थानमा विविध भौतिक निर्माण गर्ने अध्यक्ष मगर योजना रहेको छ । यसमा क्षेत्रि गुठी बोसन क्रिया पुत्रीको लागि ट्रस्ट निर्माण गर्ने, नगरकोटि समुदाय को चिहानमा ट्रस्ट निर्माण गर्ने,  दलित क्रिया पुत्री भवनमा ट्रस्ट निर्माण गर्ने, मनकामना महिला र चम्पादेबी आमा समूहको सामुदायिक भवन निर्माण गर्ने निर्माण गर्ने र हात्तीबन हबेलीमा बनभोज स्थलको सेड  निर्माण गर्ने योजना योजना रहेको अध्यक्ष मगरले बताए ।

वडा नं.१ को शैक्षिक गुणस्तर वृद्धिको लागि पहल गरि चम्पादेबी मावी  र चाल्नाखेल आधारभुत बिधालयमा भौतिक पुर्वाधार निर्माण सहित शिशु कक्षा संचालन गरिने योजना वडा नं १ ले बनाएको छ ।

वडामा आधुनिक कृषि खेतीका लागी किसानहरुलाई प्रेरित गर्न तालिम र परामर्शको व्यवस्था गर्ने योजना रहेको वडा नं १ ले जनाएको छ ।

जेष्ठ नागरिकहरुको समाजिक सुरक्षा भत्ता सहज तरिकाले बितरण गर्ने  र अशक्तहरुलाई घरघरमानै उपलव्ध गराउने योजना बनाएको वडाले जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना बनाएको अध्यक्ष थापा मगरले बताए ।

महिला तथा युवाहरुको रचनात्मक र सृजनशीलताको विकास गर्न विभिन्न शिपमुलक तथा आयमुलक तालिमहरुको संचालन गर्ने योजना वडा नं १ ले बनाएको छ ।यस्ता कार्यक्रमहरु तर्फ महिला स्वास्थ्य स्वयंसेविकालाई  तालिम र प्रोत्साहन भत्ता उपलव्ध गराउने , महिला, दलित आदिवासी ,जनजाति अपांगता भएकालाई आय मुलक तालिम संचालन गर्ने,  एकल महिलाहरुलाई आय आर्जन तथा शिपमुलक तालिम संचालन गर्ने योजना वडा नं १ ले बनाएको छ ।

त्यस्तै युवा लक्षित कार्यक्रममा उचित स्थानमा खेल मैदान निर्माण गर्ने  र युवाहरुको क्षमता विकास कार्यक्रम संचालन गरी  आत्मनिर्भर बनाउने योजना रहेको अध्यक्ष थापा मगरले बताए ।

तामाङ भाषा र सस्कृती संरक्षण गर्ने, बाटोमा राखिएका निर्माण सामाग्री हटाउन शुरु गर्ने र वडामा सेवा लिन आउने सेवाग्राहीलाई वडा कार्यलयमा मुस्कान सहित छिटो छरितो सेवा दिने  योजना रहेको अध्यक्ष मगरले बताए ।

दक्षिणकाली नगरपालिका वडा नं १  मा अध्यक्ष मगरका साथमा महेश तामाङ, नमराज नगरकोटी, सावित्री बिष्ट, सोफिया सुनाम जनप्रतिनिधि रहेका छन ।

तपाइँको प्रतिक्रिया ।