बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को  फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौ,भाद्र १३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को आयोजनामा फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाको हिमालयन बोर्डिंग स्कुलमा भएको कार्यक्रममा वडा नं ३ का अध्यक्ष वालकृष्ण श्रेष्ठ र अर्गानिक लाइफ नेपालका संयोजक दीपक लोहनीले फोहोर मैला व्यवस्थापन र यसको महत्वको वारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले वडाका महीला समुहहरुलाई  फोहोर मैला व्यवस्थापनको प्रयोगात्मक तालिम गर्न लागिएको जानकारी दिदै यसमा वडाका इच्छुक महिलाहरु सहभागी हुन् सक्ने जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमका अर्का अतिथि लोहोनीले वडामा उत्पादित फोहोर किनेर लगी त्यसलाई प्रांगारिक मल उत्पादन गरेर महिला हरुको आयआर्जनमा सहयोग पुर्याउने प्रतिवादत्ता व्यक्त गरेका थिए ।कार्यक्रममा वडा नं ३ का महिला समुह ,अन्य संघ संस्थाका प्रतिनिधिहरु र वडावासीको उपस्थिति रहेको थियो। फोटो सौजन्य :जेवी सारु

 

 

तपाइँको प्रतिक्रिया ।