प्रथम गजराज जोशी कप खुल्ला फुटभली प्रतियोगीता सुरु

प्रथम गजराज जोशी कप खुल्ला फुटभली प्रतियोगीता सुरु

कपन अनलाइन 

काठमाडौँ, भाद्र १३ ।

काठमाडौँ जिल्ला प्रथम गजराज जोशी कप  खुल्ला फुटभली प्रतियोगीता २०७४ आज बाट कपन हांडबल  ग्राउण्डमा सुरु भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन पूर्व राज्यमन्त्री एवम् माननिय सांसद दिपक खड्का गरेका थिए  । कार्यक्रममा बोल्दै  खडकाले प्रथम गजराज जोशी कप फुटभली प्रतियोगिता नेपालमा  सुरु भएकोमा खुशी व्यक्त गदै यस खेलको प्रचार प्रसारका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

उक्त कार्यक्रमका अतिथि एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले समुद्रको छेउमा बालुवामा खेलीने यस खेललाई सबै मिलेर नेपालमा पनि विकास गर्न सकेमा खेलकुद पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा मिल्ने बताए ।

उक्त कार्यक्रममा नेपाल फुटभली संघका अध्यक्ष एवम गजराज जोशी ट्रस्टका अध्यक्ष मनिशराज जोशी, अन्तराष्ट्रिय फुटबल खेलाडी नविन न्योपाने, राष्ट्रिय फुटबल खेलाडि विशाल श्रेष्ठ, बुनपा ११ का वडा अध्यक्ष राजु अधिकारी, केन्द्रिय हांडबल संघका वरिष्ट उपाध्यक्ष रामकृष्ण केशी काठमाण्डौ खेलकुद विकास समितिका उपाध्यक्ष बद्रि भट्टराइ (दामोदर) लगाएतका व्यक्तिले फुटभलीका बारेमा प्रकाश पारेका थिए ।

कुल १९ टिमले भाग लिएका यस प्रतियोगिताको पहिलो खेलमा काठमाण्डौ खेलकुद समाजले के यु सिटि कलेजलाई १३–१८, १८–१५, १८–१५ को सेटमा हराएको थियो ।

तपाइँको प्रतिक्रिया ।