फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्दै

फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्दै

कपन अनलाइन 

भदौ १३ – अमेरिका,  सामाजिक सञ्जाल फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्न थालेको छ। सामाजिकरुपमा खतरनाक र हिंसाका विचारलाई बढावा दिने खालका एकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुखले बताएका डेलीमेलमा उल्लेख छ।

डेलीमेलका अनुसार नक्कली तथा झुटा, फसाउन, झुक्क्याउन, धम्की दिने, घृणा तथा हिंसा जस्ता नकारात्मक विचार फैलाउने खालका एकाउन्ट बन्द गर्न सुरु गरिएको हो। दुई अर्बभन्दा बढी प्रयोगकर्ता भएका फेसबुकमा लाखौं नक्कली एकाउन्ट छन्। यी सबै पहिचान गर्दै बन्द गर्न निकै कठीनाइ भने भएको कम्पनीले जनाएको छ। पहिचान नभएको खण्डमा अन्य एकाउन्ट पनि बन्द हुने ठूलो जोखिम कम्पनीले उठाउनु पर्नेछ।

‘दैनिक लाखौं मानिसबीच सम्पर्क हुन्छ। यी सबैका लागि नियम–कानुन बनाउन सकिन्न,’ फेसबुकका सुरक्षा अधिकारी एलेक्स स्टेमोसले भनेका छन्। दैनिकरुपमा नकारात्मक सन्देश फैलाउने खालका १० लाख एकाउन्ट बन्द गरिदैं आएको उनले पुष्टि गरेका पनि डेलीमेलले उल्लेख गरेको छ।

यतिमात्र नभएर, कम्पनीका संस्थापक मार्क जुकरवर्गले फेसबुकमा जात, रङ, भाषासम्बन्धी द्वन्द्व फैलाउने खालका समस्या समाधान गर्न ३ हजार सहजकर्ता भर्ना गरेको पनि जनाएका छन्। फेसबुक प्रयोगकर्ताको संख्यासँगै यसबाट अपराध हुने जोखिम पनि बढ्दो छ। यो रोक्न कम्पनीले भरपुर प्रयास गरिरहेको कम्पनीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।