झोले जलबिद्युत कम्पनीको अनुमतिपत्र खारेज हुने

झोले जलबिद्युत कम्पनीको अनुमतिपत्र खारेज हुने

कपन अनलाइन

नेपालगञ्ज, भाद्र १३  भदौ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युत्को व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताएका  छन  ।

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिए  ।

मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेपाली र विदेशी व्यक्ति तथा कम्पनी खोलाको अनुमतिपत्र लिएर झोले व्यापार गर्दै हिँडिरहेकाले अब त्यसखाले कार्यलाई तत्काल अङ्कुश लगाइने छ भन्नुभयो । उहाँको थप भनाइ थियो, ‘वर्षौंसम्म एक प्रतिशत काम पनि नगर्ने कम्पनीलाई १० दिनभित्र कार्य प्रगति विवरणसहित मन्त्रालयको सम्पर्कमा आउन भनिएको छ कुनै कम्पनीले अटेर गरेमा त्यस्ता कम्पनीको अनुमतिपत्र खारेज गरिने चेतावनी दिए  ।

तपाइँको प्रतिक्रिया ।