कतारमा एक नेपालीले आठ करोड ७० लाख रुपैयाँबराबरको चिठ्ठा जिते

काठमाडौं, १३ वैशाख– कतारमा एक नेपालीले आठ करोड ७० लाख रुपैयाँबराबरको चिठ्ठा जितेका छन् । कतारको राजधानी दोहास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलमा सामान खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले चिठ्ठामा १० लाख अमेरिकी डलर जितेका हुन् ।

लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रीले जनाएको छ । यस्तो चिठ्ठा जित्ने पराजुली १२ औं व्यक्ति हुन् । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई अमेरिकी र एक फिलिपिनोले जितिसकेका छन् । सन् २००६ देखि सञ्चालन भएको यो कार्यक्रमको चिठ्ठा किन्नका लागि ९ स1366958278_Dilliram-parajuliय ५० रियाल खर्च गर्नुपर्छ ।

कतार ड्युटी फ्रीको आधिकारिक फेसबुक पेजका अनुसार, बिहीबार खोलिएको चिट्ठामा पराजुलीको १९२२ नम्बरको चिठ्ठाले १० लाख (एक मिलियन) अमेरिकी डलर जितेको हो । पराजुलीका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।

चिट्ठाको घोषणा कतार एयरवेज र ड्युटी फ्रीका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले गरेका थिए । दोहा विमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन् ।

तपाइँको प्रतिक्रिया ।