काम दिनभर अश्लिल भिडियो हेर्ने, तलब २५ लाख

बेइजिङ, १३ वैशाख-  कार्यालयमा अश्लिल भिडियो हेरेवापत कारबाहीमा परेको अनगिन्ती उदाहरण हुन सक्छन् । तर, यो सँधै सत्य नहुने रहेछ । चीन सरकारले पछिल्लो पटक मागेको एउटा आवेदनले त सबैलाई तीनछक पार्छ । images

चीन सरकारले हालै मात्र ‘चिफ पोर्नोग्राफी आइडेन्टिफिकेसन (सीपीआई) अफिसर’ को आवेदन खुलाएको छ । आवेदनमा बढीभन्दा बढीको सहभागिता होस् भनेर तलव सुविधा पनि राम्रै दिने उल्लेख छ । सो अफिसरको काम के त ? आवेदनमै भनिएको छ, कार्यालयमै बसेर अश्लिल भिडियो हेर्ने । आवेदनमा सीपीआई अफिसरको नेतृत्वमा पूरै टिम बनाइने र जसको काम कार्यालयमा बसेर अश्लील भिडियो हेर्नु मात्र हुने उल्लेख छ । यसका लागि एचआर एट द रेट एएनक्यूयूएनएन डट ओआरजीमा व्यक्तिगत विवरण मेल गर्न सकिने छ ।

यसको उद्धेश्य भावी पुस्ताका लागि अश्लील सामग्रीरहित वातावरण बनाउनु हो  । चिनियाँ सरकारले यो जिम्मा एउटा गैरसरकारी संस्थालाई दिएको छ  । सेफ्टी अलाइन्स नामको संस्थाले थर्ड पार्टी अर्गनाइजेसनका रुपमा काम गर्नेछ ।

चाइना स्म्याकका अनुसार इन्टरनेटमा काम गर्नेहरुका लागि अश्लीलतामुक्त वातावरण तयार गर्न यो पदको सिर्जना गरिएको हो । फेसबुकमा पोस्ट गरिएको यो ‘भ्याकेन्सी’लाई हालसम्म १ लाख २० हजार जनाले सेयर गरेका छन् भने २० हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

यसको अर्थ चिनिया जनता पनि अश्लील सामग्री इन्टरनेटमा नहोस् भन्ने चाहन्छन् । अधिकारीहरुले कार्यालयमा बसेर पोर्न साम्रग्री हेरिरहनु पर्नेछ र यस्ता सामग्रीलाई डिलेट गर्न आग्रह पत्र पठाउनेछ । डिलेट गर्न निश्चित समय दिइने छ । नभए चेतावनीपत्र पठाउनुपर्नेछ । तथापि, सेफ्टी अलाइन्सका अधिकारीले यो काम घरैमा बसेर पनि गर्न सकिने बताएका छन् ।

चीनमा अश्लील सामग्रीको पहिचान गर्ने एउटा सञ्जालकै विकास गरिएको छ । र, यसमा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि ध्यान राखिनेछ । विज्ञापनअनुसार सीपीआई अफिसरको वार्षिक तलब २ लाख युआन अर्थात करिब २५ लाख रुपैयाँ हुनेछ ।

तपाइँको प्रतिक्रिया ।