बुढानिलकण्ठ नगरपालिकाको ताला खुल्यो

बुढानिलकण्ठ नगरपालिकाको ताला खुल्यो

कपन अनलाइन

काठमाडौ,भाद्र ५ ।

बुढानिलकण्ठ नगरपालिकामा लागेको तालावन्दी खुलेको छ । नगरपालिकाका राजनीतिक दलहरु विच छलफल भै सहमती बनेपछि नेपाली कांगेसका क्षेत्रीय सभापती राजु श्रेष्ठले नगरपालिकामा लागेको तालाको चावी कार्यकारी अधिकृत विस्वराज मरासेनीलाई हस्तान्तरण  गरेका  थिए। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ती जारी गरेर यो प्रकरणको वारेमा स्पस्ट पारेपछी ताला खोलिएको हो  ।

खरेलले जारी गरेको बिज्ञप्तीमा मतदाता परिचय बाट उठेका समस्याको विषयमा सबै राजनीतिक दल संग सर्वदलीय छलफल गरी कानुन विपरित फोटो खिचेको फारम पाइएमा बदर गर्ने र गलत कार्य गर्ने कर्मचारीलाई कारवाही गर्ने उल्लेख छ।

त्यस्तै फोटो खिचेको सबै मतदातालाई जिल्ला निर्वाचन कार्यालय बाट छानविन गर्ने र प्रक्रिया र रित नपुगेको निवेदनलाई बदर गर्ने ,कार्यालयमा बाकी रहेका निवेदनहरुलाई फोटो खिच्ने व्यवस्थाका लागी पहल गर्ने र त्यसो नभएमा कागजात सहित जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगलाई पत्र सहित सामाग्री पठाउने उल्लेख छ।

बिज्ञप्तीको अर्को बुदामा कार्यालय समय भन्दा बाहिर खिचेका फोटो भए खारेज गर्ने र मतदाता नामावली संकलन कार्यलाई व्यवस्थित गर्न नसकिएकोमा नगरपालिका कार्यालयको तर्फ बाट क्षमायाचना गर्ने उल्लेख छ।

हेर्नुहोस बिज्ञप्ती  

तपाइँको प्रतिक्रिया ।