सप्तदेव साकोसको आठौ वार्षिक साधारणसभा सम्पन्न

सप्तदेव साकोसको आठौ वार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र ४ ।

सप्तदेव बचत तथा ऋण सहकारी संस्था बुनपा १० को आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।काठमाडौं महानगर पालिका वडा नं ६ स्थित्  कपन पार्टी प्यालेसमा भएको साधारण सभाले विभिन्न प्रतिवेदन हरु पारित गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख अतिथ्यतामा भएको सो साधारण सभामा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल , बुनपा वडा नं १० का अध्यक्ष नवराज भट्टराई , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , कास्कुनका अध्यक्ष केसव प्रसाद दंगाल ,वडा नं १२ की सदस्य शान्ता ढकाल ,विभिन्न सहकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा उत्कृस्ट बचतकर्ता ,ऋणी , प्रवेशिका परिक्षामा सफल सेयर धनीका छोराछोरी , आमाबुवा संग सप्त्देव अन्तर्गत जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले बुढानिलकण्ठ नगरपालिकामा रहेका सहकारीहरुको अध्ययन गरिरहेको र नयाँ नियमावली आएपछि सो वारेमा नीति बनाउने बताए ।

मेलम्ची नगरपालिका की उप प्रमुख नेपालले सहकारी ले जीवन स्तर उकास्न निकै ठुलो योगदान गरेको र सहकारी संस्थाहरुको संरक्षण गर्नु पर्ने धारणा व्यक्त गरेकी थिइन् ।

साधारण सभाको दोश्रो सत्रमा संस्थाकी अध्यक्ष मन्जु कुइकेलले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष दिल बहादुर शार्कीले लेखा परिक्षण प्रतिवेदन र कृष्ण भट्टराई ले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो संस्थाका सचिव पुरुषोत्तम सापकोटाले संचालन गरेको  कार्यक्रममा उपाध्यक्ष बालकृष्ण भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।