टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने

कपन अनलाइन 

टि्वटरका प्रयोगकर्ताहरुले सर्वसाधारणको एकाउन्ट भेरिफाई गर्ने प्रणाली अपनाउन सो कम्पनिलाई लामो समयदेखि दवाव दिँदै आएका थिए ।अहिलेसम्म टि्वटरले एकाउन्ट भेरिफाई गर्ने सुविधा सेलिबि्रटी, स्पोर्ट्सपर्सन, पत्रकार र आफूले इच्छाएका व्यक्तिलाई मात्र दिएको छ । भेरिफाइड अकाउन्टको जनाउ दिन एकाउन्टको निलो पृष्ठभूमिमा सेतो टिक लगाइन्छ ।

अब यो सेतो टिक सम्पूर्ण प्रयोगकर्ताहरुले हासिल गर्न सक्नेछन् । एउटा मामुली र्फम भरेर उनीहरुले आफ्नो एकाउन्टको भेरिफिकेसनका लागि आवेदन गर्नुपर्ने छ । ‘तर, सबै आवेदकहरु सफल हुँदैनन् । जसले प्रमाण पुर्‍याउन सक्छ उसैको एकाउन्ट भेरिफाइड हुन्छ,’ टि्वटरमा प्रकाशित गरिएको एक ब्लगमा भनिएको छ ।

यसअघि पनि टि्वटरले एकाउन्ट भेरिफाइका लागि आवेदन गर्न प्रयोगकर्ताहरुलाई खुला गरेको थियो, तर थेगिनसक्नु गरी आवेदन आएपछि त्यो फिचर बन्द गरेको थियो ।

कसरी आवेदन गर्ने ?

प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण कम्पनीमा पठाउनुपर्छ । बढिभन्दा बढि सूचना भएका टि्वटर एकाउन्ट भेरिफाइड हुने सम्भावना बढि हुन्छ ।

एउटा अनलाइन र्फमबाट प्रक्रिया सुरु हुन्छ । यसमा एकाउन्टसँग जोडिएको फोन नम्बर, इमेल एड्रेस, बायोग्राफी, प्रोफाइल फोटो र हेडर फोटो, बर्थ डे, एउटा वेवसाइट उल्लेख गर्नुपर्छ ।

यतिले मात्र पुग्दैन । कम्पनीले तपाईंको एकाउन्ट के कारणले भेरिफाई गर्न चाहनुहुन्छ भनेर सोध्नेछ । त्यसको चित्तबुझ्दो जवाफ दिनु आवश्यक पर्छ ।

टि्वटरले भनेको छ, ‘आवेदन गर्दा तपाईंले आफ्नो पहिचान पुष्टी गराउनका निम्ति सरकारद्वारा जारी परिचय पत्र -जस्तै, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स) को प्रमाणित कपि समावेश गर्नुपर्ने छ ।’

यो पनि भनिएको छ कि इच्छुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल र हेडरमा सही नाम र फोटो राखुन् । भेरिफाइड हुन खोजिरहेको कुनै कर्पोरेट एकाउन्ट कम्पनी सम्वद्ध इमेल एड्रेससँग जोडिएको हुनुपर्छ ।

टि्वटरले कति संख्यामा प्रयोगकर्ताहरुलाई भेरिफाईड गर्ने भन्ने प्रष्ट पारेको छैन । अस्वीकृत हुनेहरुले एक महिनापछि पुन आवेदन दिन सक्छन् ।

तपाइँको प्रतिक्रिया ।