ढुंगामा जीवन भर्दै मुर्तिकार रामकृष्ण भण्डारी

ढुंगामा जीवन भर्दै मुर्तिकार रामकृष्ण भण्डारी

कपन अनलाइन 

काठमाडौ,भाद्र ३ /विकल सापकोटा

चित्रकार कुलमान सिंह भण्डारी र माता चैतन्यकुमारी भण्डारीको कोखबाट माहिला छोराको रुपमा बि .स २०१५ साल भदौ २२ गते काठमाडौको तीनथानामा जन्मिएका प्रसिद्ध मुर्तिकार रामकृष्ण भण्डारीमा चित्रकलाका वरिष्ठ साधक कुलमानसिंह भण्डारीको अमिट छाप परेको छ। आफ्नो पितालाई गुरु मान्ने भण्डारी पिताको प्रेरणा ,पाटनका सिद्धहस्त रैथाने मुर्तिकारहरुको दीक्षा र नित्य अभ्यासले  २० बर्षको उमेर देखी नै एउटा जुझारु मुर्तिकारको रुपमा उदाए जो आज सम्म पनि अबिछिन्न एबम अबिचलित रुपमा मूर्तिकलामा साधनारत छ्न ।मूर्तिकला ले नै उनलाइ गाँस, बास र यश दिएको छ ।

नेपाली समाजमा आवक्ष (शिर देखी  छाती सम्म ) मूर्तिकलामा पनि उनी स्थापित छ्न । हाल किर्तिपुर नगरपालिका वडा १० को टननी टोलमा आफ्नो धर्मपत्नी ,दुई छोरी र एक छोराको साथमा बस्दै आएका भन्डारीको आफ्नो कलाको साधन स्थल आफ्नै घरलाइ बनाएका छन ।

नेवार जातीहरुको सभ्यता र सस्कृतीले भरिपुर्ण कीर्तिपुरमा आफ्नो छुट्टै कला र बिचार सहित हम्मर र छिनाको साथमा पिताको बिडोलाइ मुर्तिकारिता मार्फत जिबित पार्दै आइरहेका छन ।

हम्मर र छिना चलाउन खप्पिस रामकृष्ण भन्डारीले पारिजात देखी  नवयुवक सहिदहरुको आवक्ष मुर्ती कुदेर हाम्रो समाजलाई धेरै धनी बनाउनु भएको छ । अत्यन्त सरल र शान्त स्वभावका भण्डारीका हरेक मुर्तिमा सजिब र सरल अभिव्यक्ति भएका हुन्छन् ।

विशेष गरी  पत्थरलाई जीवन दिने मुर्तिकाका रुपमा परिचित भण्डारी मानव मुहार मुर्ती पत्थरमा कुदन सीपालु छन् । माटो र प्रस्तरमा कुदिएका सुन्दर आवक्ष प्रतिमाले उनको घरको भुइतला मात्र होइन चेतना ,बिचार अनि बिबिध राजनैतिक कालखण्डलाई झल्काइरहेका रुखका जराहरुले उनका बैठक कोठा सजिएका छ्न , जिर्ण रुखका जरा हुन वा बेवारिसे ढुङ्गा तिनैलाइ उनका जागरिलो हातका सीपले कपेर कलात्मक र भावनात्मक आकृतीहरुले सजिएको उनको बैठक कोठा कला पारखी मात्र नभई कला साहित्यमा रुचि राख्ने आममानिसको लागी  सङ्ग्रहालय भन्दा कम छैन ।

बिश्व इतिहासमा मानव आवक्ष (Bust अर्थात शिर देखी  छाती सम्म ) मुर्ती निर्माण एबम स्थापत्यको प्रचलनको प्राचीन समृद्ध रोमन सभ्यता देखी  पाइन्छ ।युरोपमा आधुनिकताको प्रादुर्भाव बिन्दु अर्थात् पुनर्जागरण काल इश्वी (१४-१६ )शताब्दी मा आवक्ष मुर्तिको निर्माण एबम स्थापत्यको प्रचलन बढ्दै गयो ।

बि.स २००७ को क्रान्ती पछि नेपालमा पनि आवक्ष मुर्तीको निर्माण र प्रयोग अधिक देखिएको कुरा भन्डारी ले बताउनु भयो खास गरि येस्ता आवक्ष मुर्तिहरु प्रस्तर ,मार्बल ,माटो ,मैन ,पेरिस र सिमेन्ट आदि सामाग्री बाट बनाउने गरिन्छ ।

नेपाली समाज मा पनि साहित्यकार ,समाजसेवी , नेता ,शासक बर्गहरुको आवक्ष मुर्तीहरु सार्वजनिक ठाउमा स्थापित छ्न । बिदेशीहरुले पनि आफ्नो कला रुचि पुर्बक हेर्ने गरेको र कतिले आफ्नो कामको प्रशसा समेत गर्ने गरेको उनले बताए ।

विभिन्न समयमा आफुले तयार गरेको कलाको प्रदर्शनी समेत गरिसकेका उनले विभिन्न पुरस्कार समेत प्राप्त गरेका छ्न । राज्य बाट सधै दोस्रो दर्जा को नागरिक सरह हेपेर बाच्न बाध्य हुनुपरेको २०४६ को आन्दोलन होस वा २०६२/६३ को क्रान्ती सफल बनाउन सशरिर र कृतिगत रुपमा सहभागी भएका कला जगतप्रती राज्यको दृष्टि कहिल्यै परेन ,कलाकार प्रती सरकार र राजनैतिक दलहरुले आवश्यक पर्दा स्रष्टाहरुको प्रयोग गर्ने तर तिनलाई अवसर नदिने एबम सम्मान गर्न नजान्ने आम प्रबृत्तीलाई कहिले त्याग्ने हो ,सम्पुर्ण कलाजगत धर्यतापुर्बक पर्खेर बसेको उनको भनाइ छ  ।

समाज र रास्ट्रको लागी केही योगदान दिनुपर्ने र जिबनमा अनेक अफ्ट्यारा परिस्थिति आउन सक्छ तर धैर्यता पुर्बक त्यसको नआत्तिकन त्यस को दृढ़ सामना गर्नु पर्ने उनको  धारणा छ

तपाइँको प्रतिक्रिया ।