दशक पछि एप्पल कम्पनि घाटामा

काठमाडौ, ११ बैशाख । कम्प्युटर तथा स्मार्टफोट उत्पादक कम्पनी एप्पलले यो वर्षको पहिलो त्रैमासिकमा घाटा बेहोरेको छ । एक दशककै अवधिमा एप्पलले बेहोरेको यो पहिलो घाटा भएको उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । तर केहि समयपछि नाफामा जाने कम्पनिले दावी गरेको छ । कम्पनिले अपेक्षिकृत कम घाटा बेहोरेको एप्पलले जानकारी दिएको छ । विश्वमा लोकप्रिय रहेको आइफोन र आइप्याडको विक्रिमा भने कमि नआएको कम्पनिको भनाइ छ । यस वर्षको पहिलो त्रैमासिकमा करिव ४ करोड आइफोन र झण्डै दुइ करोड आइप्याड विक्रि भएको कम्पनिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । apple_logo_rainbow

तपाइँको प्रतिक्रिया ।