एसीक्यानले सी अण्डर १९ एलिट कप क्रिकेटका लागी १४ सदस्यीय नेपाली

काठमाडौं ११,वैशाख । नेपाल क्रिकेट सघं एसीक्यानले सी अण्डर १९ एलिट कप क्रिकेटका लागी १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी १८ गतेदेखि मलेशियामा सुरु हुने प्रतियोगिताका लागि क्यानले आज खेलाडी छनौट गरेको हो । भुवन कार्कीको कप्तानीमा छनौट गरीएको नेपाली टोलीको उपकप्तानी अविनाश कर्णले सम्हाल्ने छन् ।images
क्यानले छनौट गरेको टोलीमा रामनरेश गिरी, अमित श्रेष्ठ, यज्ञमान कुमाल, राहुल प्रताप सिहं, निश्चल पाण्डे, इर्शाद अहमद, पवन श्रेष्ठ, विभत्सु थापा परेका छन् । त्यसैगरि टोलीमा निर्मल थापा, सुशान्त भारी, प्रेम तामाङ र हरिशंकर शाह पनि छानिएका छन् । अमित दाहाल, सुरजकुमार कुर्मी, अभिशेक झा र शरद खड्कालाई बैकल्पीक खेलाडीमा राखिएको क्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।