अनेम संघको तीज विशेष कार्यक्रम सम्पन्न

अनेम संघको तीज विशेष कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,साउन २९ ।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ वडा नं १०,११ र १२ को संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष गोमा देवकोटा प्रमुख आतिथ्य  र नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौ क्षेत्र नं ४ का सांसद डा . राजन भट्टराईको विशेष आतिथ्यतामा भएको सो कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई  सम्मान गरिएको थियो ।

कार्यक्रममा अनेम संघकी नेता रत्ना गुरुङ , बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई. क्षेत्र नं ४ का अध्यक्ष कुसुम कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले महिला मुक्ती  र शशक्तिकरण नभई देश विकाश नहुने धारणा राखेका थिए। अवको हरेक अवसर र  मौकामा महिलाहरुले प्राथमिकता पाउनु पर्ने र यसका लागी महिलाहरु पनि तयार र अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका अन्य अतिथिहरुले महिला आन्दोलन र भूमिकाको वारेमा आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता कमला पौडेलले गरेकी थिइन् भने संचालन सिता थापाले गरेकी थिईन ।

तपाइँको प्रतिक्रिया ।