चन्द्रागिरी नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २६।

चन्द्रागिरी नगरपालिका वडा  नं २ को खानेपानीको समस्या समाधानका लागी बसुण्डोल खानेपानी आयोजना ,चिसापानी खानेपानी आयोजना ,एसेलुचौर खानेपानी आयोजना , परियार टोल खानेपानी आयोजनाहरुलाइ ब्यबस्थित गरी एक घर एक धाराको नीति अबलम्बन गर्ने मुख्य योजना रहेको वडा नं २ का अध्यक्ष गोपी सुर्खेतीले बताए ।

वडा नं २ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार,निर्माण र विस्तार गर्ने अर्को योजना रहेको वडा अध्यक्ष सुर्खेतीले बताए । जसमा मसिने तामाङ बस्तीमा  नाली सहित बाटो ढलान,नागढुङा देखी  कोइरालाथोक जाने बाटो ढलान ,दङालधारा देखी  लाकुरी बोट ढलान ,परियार टोल सडक स्तरुन्न्ती गर्ने ,चादनी चोक सडक बाटो ढलान ,ढकालथोक सडक स्तरुन्न्ती गर्ने ,ताप्केचौर सडक ट्र्याक खोल्ने ,पिपल मोड निसाबोट सडक ढलान ,पञ्चकन्या यक्षेश्वर घाट सडक स्तरुन्नती ,टुटेटोल सडक स्तरुन्नती लगायत वडामा रहेका शाखा सहायक मार्गहरु आवस्यकता हेरी  मर्मत बिस्तर र स्तरुन्नती गर्ने योजना वडा नं २ ले बनाएको छ ।

जेष्ठ नागरीकको सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने र जेष्ठ नागरिकहरुका लागी देवदर्शन गराउने र सम्मान पनि गर्ने योजना वडा नं २ को रहेको छ ।

वडा नं २ मा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणको योजना बनाउने अध्यक्ष सुर्खेतीले बताए ।त्यस्तै उचित स्थान छनौट गरी  विभिन्न पुर्बाधार निर्माण गर्ने दीर्घकालीन सोच वडा नं २ ले बनाएको छ ।यसका साथै  चण्डीकादेवी लगायत वडामा पर्ने मठ मन्दिरहरुको आवश्यकता हेरी मर्मत र संरक्षण गर्ने र प्रतीक्षालय ,सार्बजनिक सौचालय ,सौर्यबत्ती जडान गर्ने योजना रहेको अध्यक्ष सुर्खेतीले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ क्षमता अभिबृद्दी, आयमुलक र नेतृत्व बिकासका तालीम निकट भबिस्यमा गर्ने सोच वडा नं २ ले बनाएको छ ।

वडा नं २ मा रहेको कृषि योग्य जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न आवश्यक तालिम संचालन गर्ने र उचित परामर्श प्रदान गरिने अध्यक्ष सुर्खेतीले बताए ।

वडा नं २ को पर्यटन विकासका लागी मसिने तामाङ बस्तीमा होमस्टे संचालन गर्ने र बाल पन्चकन्या मन्दिर नजिक भ्यु टावर निर्माण गर्ने , चिसापानी चन्डीभैरब मन्दिर परिसरमा बनभोजस्थल बनाउने र वडाको सुन्दरताको लागी होर्डिङ बोर्ड हटाइ डिजिटल होर्डिङ बोर्ड राख्ने योजना रहेको अध्यक्ष सुर्खेतीले बताए ।

वडा नं २ मा आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने र २४ घण्टा स्वास्थ्य सेवा उपलव्ध गराउने अध्यक्ष सुर्खेतीले बताए ।

हाल वडा नं २ को  नागढुङा र बाण भञ्ज्याङ् चेकपोस्टमा मात्र सिसिटिभी भएकोले अन्य ठाउँ पनि आवश्यकता अनुसार बिस्तार गर्ने र वडा भरी निशुल्क वाइफाइको ब्यबस्था गर्ने दीर्घकालीन सोच रहेको अध्यक्ष सुर्खेतीले बताए ।

वडा नं २ मा अध्यक्ष सुर्खेतीका साथै  मधुकर बस्नेत ,सुरेन्द्र तामाङ ,सपना परियार र सुशीला कोइराला जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।