बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैकाको सडक भासियो

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैकाको सडक भासियो

कपन अनलाइन 

काठमाडौ,साउन २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को फैकाको मुख्य मार्गमा बाटो भासिएको छ ।बाटो भासिए पछी उक्त स्थानमा सवारी आवगमन बन्द भएको छ  । बाटोको साथमा ढल पनि जाम भए पछी उक्त स्थानका वासिन्दाहरु समस्यामा परेका छन ।यसको मर्मत सुरु भैसकेको छ।

वडा नं १२ को मुख्य मार्ग बन्द भएपछी वडा कार्यालयले यसको मर्मतमा तदारुकता देखाएको हो । सडकको भासिएको स्थानमा मर्मत सुरु गरी  सकिएको र चाडै सवारी आवागमन सुचारु हुने वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले बताए। यसको निर्माण सुरु भएको छ र यस्तै अन्य जोखिम युक्त स्थानको पनि अध्ययन सुरु गरिएको उनले बताए ।

वडा नं १२ ले सडक र ढल सुधारको कार्यलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको एक वडा सदस्यले बताए । आनी गुम्बा बाट तल्लो क्षेत्रमा ढल थप गरी  डुवानको समस्या समाधानका लागी नगरपालिका बाट ५०लाख विनियोजन भै सकेको उनले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।