काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए

काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख कार्यकारी अधिकृत आएका छन् । सरकारले महानगरको कार्यकारी अधिकृतमा धनिराम शर्मा पौडेल नियुक्त गरेको हो ।

हालका अधिकृत ईश्वरराज पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रुद्र सिंह तामाङ मन्त्रालय सरुवा भएपछि सरकारले पौडेललाई फागुनमा महानगर पठाएको थियो ।

तपाइँको प्रतिक्रिया ।