नेकपा ( एमाले) प्रदेश नं.१ संगठन कमिटीको जनप्रतिनिधिहरूअभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,साउन २५ ।

नेकपा ( एमाले) प्रदेश नं.१ संगठन कमिटीले आयोजना गरेको स्थानीय तहमा हालै निर्वाचित जनप्रतिनिधिहरू र पार्टी नेताहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकोछ।

इलाममा आयोजना गरिएको यो कार्यक्रममा १४ जिल्लाका नगरपालिकाका प्रमुख/ उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष सहितका प्रतिनिधिहरूको सहभागीता थियो।

एमाले  अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल तथा विषय विज्ञका रूपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर डा. युवराज खतिवडा, स्थानीय तह निर्धारण आयोगका प्रमुख बालानन्द शर्मा, भूकम्प पीड़ित पुनर्उद्धार र  पुनर्निर्माण आयोगका पूर्व प्रमुख सुशील ज्ञवाली तथा पीपीएलएका अध्यक्ष रूद्र नेपालले विभिन्न विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

अध्यक्ष केपी ओलीले समग्र राष्ट्रिय राजनीति र एमालेको दृष्टिकोण सम्वन्धमा प्रस्तुत गरेका थिए भने  महासचिव ईश्वर पोखरेलद्वारा स्थानीय तहको निर्वाचनको परिणाम,त्यसको प्रभाव, त्यसले दिएको सन्देश, निर्वाचित जनप्रतिनिधिहरूले गर्नुपर्ने काम, निर्वाचित जनप्रतिनिधिहरू र पार्टी निर्माणको दिशाको  बारेमा विचार प्रस्तुत गरेका थिए ।
निर्वाचन सम्पन्न भैसकेका छवटै प्रदेशहरूमा यस किसिमका कार्यक्रमहरू गर्ने एमाले स्थायी कमिटीको निर्णयका आधारमा अहिलेसम्म ७ ,५ र १ नं. प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भैसकेका छन् र बाँकी प्रदेशहरूले पनि श्रावण महिनाभित्रै सम्पन्न गरिसक्ने योजना बनएको एक स्थायी कमिटी सदस्यले बताए ।

तपाइँको प्रतिक्रिया ।