कपन गाविसले घटना दर्ताका प्रमाणपत्रहरु कम्प्युटराइज्ड गरायो

P1030953



कपन अनलाइनकपन गाविस कार्यालयले विभिन्न घटना दर्ताका प्रमाणपत्रहरुलाई कम्युटराइज्ड गर्न थालेको छ । नववर्ष २०७० बाट लागु गरिएको यो प्रणालीले काम गर्न सहज मात्र नभई कामको रेकर्ड राख्न पनि सजिलो हुने भएको छ । बसाइसराई, जन्मदर्ता, विवाह दर्ता जस्ता घटनाजन्य विषयमा सर्वाधिक प्रमाणपत्रहरु वितरण हुने गर्दछ । कपनजस्तो धेरै बाहिरबाट बसाइसराईबाट बढ्दै गएको बस्तिमा घटना दर्ताका विभिन्न प्रमाणपत्र लिन आउनेका भीड हुने गरेको छ ।
कपन गाविसका सचिव लोमस आचार्यका अनुसार यस्ता विषयको कम्प्युटराइज्ड गरिनुले गाविसका विभिन्न तथ्यांक जिविससम्म पुग्न पनि सहज हुने भएको छ । चाँडैनै गाविसका यस्ता तथ्यांकलाई सिधै जिविसमा लिंक गराइने पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।