कसरी खर्च गरियो सांसद रामेश्वर फुँयालको सांसद विकास कोषको रकम ?

कसरी खर्च गरियो सांसद रामेश्वर फुँयालको सांसद विकास कोषको रकम ?

कपन अनलाइन

काठमाण्डौ,साउन २५।

काठमाण्डौं निर्वाचन क्षेत्र नं.३ का सांसद रामेश्वर फुँयालको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वआधार विकास कोष अन्तर्गत क्षेत्र नं.३ का विभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन भएको थियो ।

सांसद विकास क्षेत्र अन्तर्गत विभिन्न शिर्षकहरुमा आयोजनाहरु र कार्यक्रम सम्पन्न गरिएको छ भने पूर्वआधार विकास कोष अन्तर्गत पनि विभिन्न कार्यक्रम र योजनाहरुका लागी रकम उपलब्ध गराइएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वआधार विकास कोष अन्तर्गत खर्च भएका रकमहरुको विवरण निम्न प्रकारको रहेको छ ।

१. जोरपाती जेष्ठ नागरिक समाज र सृजनशिल महिला समाज (जेष्ठ नागरिक सवलीकरण कार्यक्रम तथा फोहोर महिला व्यवस्थापन तालिम)– २ लाख

२. नेपाल महिला तथा बाल सेवा समाज ( सिपमुलक तालिम तथा शैक्षिक सामाग्री खरिद वितरण – १ लाख

३. महिला फोटोग्राफर आत्म सुरक्षा र खेलकुद तालिम –१ लाख ७५ हजार

४. बौद्ध महिला सिप विकास – मोटर ड्राभिङ तालिम –२ लाख

५. होमस्टे तालिम –२ लाख

६. लोक सेवा परिक्षा जागरण शिभिर सिप विकास तालिम –४ लाख

७. ग्रामिन पत्रकारीता तालिम –१ लाख

८. सुर्य चोक सुर्यमण्डली सडक कागेश्वरी मनोहरा नपा वडा नं.३ आलपोट – २ लाख ५० हजार

९. माझगाउँ सविधान मार्ग कागेश्वरी मनपा गागल फेदी –२ लाख ५० हजार

१०. बागमति किनार सडक मार्मत तथा बालउध्यान निर्माण –१० लाख

११. हार्डदेवि मन्दिर निर्माण बालुवा –१ लख

१२. भिमादेवि मन्दिर निर्माण भोलेटार –२ लाख

१३. लोकतान्त्रीक सहिद उध्यान (धातुको काग र हनुमान उध्यान निमार्ण) गागलफेदी –५ लाख

१४. काभे्र पुचार गाँउ सडक –१ लख

१५. शिवशक्ती टोल सुभार समिति खानेपानी आयोजन कामपा वडा नं.६ –१ लाख

१६. शेर्पा सेवा केन्द्र बौद्ध–४ लाख

१७. आशादिप मार्ग ढलान नयाँ पार्टी –२ लाख

१८. महिला सिप विकास तालिम सुन्दरी जल –२ लाख

१९. बालकथा र छन्द कविता लेखन तालिम –१ लाख

२०. नेवारी संस्कृति प्रबद्र्धन कार्यक्रम आलपोट-भद्रवास –१ लख ५० हजार

यसै गरि निर्वाचन क्षेत्र नं. ३  मा निर्वाचन क्षेत्र पूर्वाधार विकाश कोष अन्तर्गत  परेका विभिन्न योजनाहरु निम्न प्रकारका रहेका छन ।

१. रमेश विकल प्रतिस्थान गोकर्णेश्वर

२. बौद्ध शैर्य उजालो कार्यक्रम कामपा ६

३. मुगुम समाज कल्याण केन्द्र कामपा ६

४. सुकार्य मार्ग ढल तथा खानेपानी योजना कामपा ६

५. महामृत्यु मन्दिर निर्माण कामपा ६

६. आमा ह्योल्मो बसपार्क मार्ग ढलान गोकर्णेश्वर

७. बागमती किनारा अलंकार टोल जाने सडक, प्रवेशद्धार तथा उद्यन निर्माण गोकर्णेश्वर

८. किसिगाल सडक गोकर्णेश्वर

९. ऐतिहासिक देशे सडक गोकर्णेश्वर

१०. गोकर्ण –बस्नेत गाँउ, पौडेल गाँउ, गाम्चा सडक गोकर्णेश्वर

११. डोखाडोल, महाकाल, ढाडफेदी सडक गोकर्णेश्वर

१२. बालसुधार मावि, भौतिक सुधार गोकर्णेश्वर

१३. वि.पि चोक रामजानकी सडक गोकर्णेश्वर

१४. ईश्वरी मा.वि भैतिक निर्माण गोकर्णेश्वर

१५. ओखेनी मा.वि योग भवन निर्माण गोकर्णेश्वर

१६. ढकाल गाँउ, सानीटारी सडक कागेश्वरी

१७. पाताली–लाकिला सडक कागेश्वरी

१८. बागमती –कृष्णचौर –बस्नेतगाँउ सडक कागेश्वरी

१९. आर्दश मा.वि बागमती सडक कागेश्वरी

२०. आरुवारी भेनेस स्कुल बागमती करिडोर कागेश्वरी

२१. ह्योल्मो समाज सेवा केन्द्र कामपा ६

२२. लाखेपोखरी लोकतान्त्रिक पार्क कामपा ६

२३. जम्बुडाँडा भौतिक पूर्वधार निर्माण कामपा ६

२४. सुर्य चोक सुर्यमण्डली सडक उकालो ढलान कागेश्वरी

२५. मितेरी मार्ग कागेश्वरी

यसका अलावा सांसद फुँयालको पहलमा विभिन्न मन्त्रालय र विभाग बाट पूर्वाधार विकाशको लागी बजेट विनियोजन भएको छ ।भौतिक विकासको साथ साथमा फुँयालले सामाजिक  र सांस्कृतिक क्षेत्रको विकासमा पनि विशेष ध्यान दिएका छन । उनको पहलमा तारेभीर  महोत्सव , कागेश्वरी महोत्सव ,मणिचुड महोत्सव आदी संचालन भैरहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।