नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचले साउन २८ गते रक्तदान कार्यक्रम गर्ने

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचले साउन २८ गते रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौ,साउन २३ ।

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचले यहि साउन २८ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कामपा वडा नं ७ स्थित पुस्पलाल बहुमुखी  क्याम्पस चावहिलमा हुने उक्त रक्तदान कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने आयोजकले बताएका छन ।यस रक्तदान कार्यक्रममा इच्छुक जो सुकैले पनि रक्तदान गर्न सक्नेछन ।

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचले विभिन्न समयमा रचनात्मक गतिविधि गर्दै आएको छ ।तिहारमा देउसी भैलो खेलेर कोष स्थापना गरी  हाल सम्म करिव २५ जनालाई विरामी सहायता कोष बाट सहयोग प्रदान गरिएको मंचका अध्यक्ष चन्द्र राईले बताए । यस कोष अन्तर्गत ओखलढुंगा जिल्ला बाट आएर काठमाडौमा उपचार गर्ने विरामीहरुलाई सहयोग प्रदान गरिदै आइएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।