नागार्जुन नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन २३ ।

नागार्जुन नगरपालिका वडा नं  २ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,विस्तार ,सुधार र निर्माण गर्दै वडाका विभिन्न स्थानमा सहज आवागमनको व्यवस्था गर्ने मुख्य योजना रहेको वडा नं २ का अध्यक्ष थुमराज के .सीले बताए ।

वडा नं २ का मुख्य तथा सहायक सडकहरुमा शान्ती चोक ५०० मिटर ढल राख्ने, शिलन्डोल क्षेत्रमा १ कि .मि कालोपत्र गर्ने , तीनघरेमा देवी मार्गको १०० मिटर ढलान गर्ने , नाम्गेल सोसाइटी मार्गमा २०० मिटर ढलान गर्ने , सरस्वती टोलमा १०० मिटर ढलान गर्ने र भित्री शाखा बाटो आवश्यकता हेरि मर्मत तथा ढलान गर्ने योजना रहेको अध्यक्ष के.सीले बताए ।

वडा नं २ भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणका विवध योजना तय गर्ने अध्यक्ष के.सीले बताए ।जसमा तीन घरेको २० आना सार्वजनिक जग्गामा वडाको भबन बनाउने, देबनगरमा रहेको ७ आना सार्वजनिक जग्गामा पुस्तकालय र बाल उधान बनाउने योजना र वडाका घरहरुको नम्बरिङ गरि जि .पि .एस  सिस्टम लागू गर्ने पहिलो प्राथमिकतामा रहने छन । त्यस्तै वडामा कबर्ड हल बनाउनको लागि जग्गा खोजी भैरहेको जानकारी वडा नं २ ले दिएको छ ।

वडा नं २ को खानेपानीको समस्या समाधानका लागी सिलन्डोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिती मार्फत बोरिङको पानी बितरण गर्ने योजना रहेको अध्यक्ष के.सीले बताए ।

जेष्ठ नागरिकहरुका लागी अशक्त र समस्या भएकालाई घरमा नै वडाको रहोबरमा जेष्ठ नागरिक सुरक्षा भत्ता वितरण गर्ने योजना वडा नं २ को रहेको छ । जेष्ठ नागरिकलाई सम्मान गरि देबदर्शन गराउने योजना पनि वडा नं २ ले बनाएको छ ।

महिला लक्षित कार्यक्रम तर्फ सीपमुलक ,सवारी चालक ,हाउस वाइरिङ जस्ता तालीम  संचालन गर्ने र कम्तिमा पाच जनालाई बिना धितो बिना ब्याज ५लाख सम्म स्वरोजगारको लागी  पैसा उपलब्ध गराउने योजना रहेको अध्यक्ष के.सीले बताए ।

वडा नं २ को अर्को योजनामा आयुर्वेदिक व्यवस्थित गरी जडिबुटी औषधी प्रबर्द्धनका लागि सहयोग गर्ने रहेको अध्यक्ष केसीले बताए ।वडा नं २ मा  ४ वटा प्रतीक्षालय र २ सार्वजनिक सौचालय बनाउने अर्को योजना पनि रहेको छ ।

वडा नं २ को आय वृद्धिका लागी कर सचेतना कार्यक्रम संचालन गर्नुका साथै सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्ने घोषणा गरी लागु गरिएको अध्यक्ष केसीले बताए ।

वडामा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्न विशेष कार्यक्रम तथा योजना बनाउने अध्यक्ष केसीले कपन अनलाइनलाई बताए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।