अन्तरास्ट्रिय संस्था तथा सरकारका प्रतिनिधिहरुलाई व्यवसायिक तालीम दिदै नेपाली संस्था

अन्तरास्ट्रिय संस्था तथा सरकारका प्रतिनिधिहरुलाई व्यवसायिक तालीम दिदै नेपाली संस्था

कपन अनलाइन 

काठमाडौ,साउन २० ।

नेपाल अहिले अन्तरास्ट्रिय संस्था तथा सरकारका प्रतिनिधिहरुको तालीम केन्द्रको रुपमा विकसित भैरहेको छ । दक्ष तथा व्यवसायिक प्रशिक्षक , घुमफिरको लागी मनोरम वातावरण र यहाको न्यानो सत्कारको कारणले विभिन्न देशका संघ संस्था र सरकारका प्रतिनिधिहरुको रोजाइमा नेपाल पर्दै आएको छ ।

नेपालमा व्यवसायिक तलिम प्रदान गर्दै आएका संस्थाहरु मध्ये इन्टरनेसनल स्टानडर्ड आइकन नेपाल (ISI Nepal) अग्रणी स्थानमा रहेको छ । विस्वका करिव १९ वटा देशमा आफ्नो साखा र सम्बन्धन रहेको यस संस्थाले भुटान ,भारत ,मलेसिया लगायतका देशबाट प्रशिक्षार्थीहरुलाई नेपालमा विविध किसिमका तालीम संचालन  गर्दै आएको छ ।

आफ्नै भवनमा तालीम केन्द्र रहेको यस संस्थाले नेपालका चर्चित व्यवसायिक घराना चौधरी ग्रुप ,अन्तरास्ट्रिय गैर सरकारी संस्था .रास्ट्रिय गैरसरकारी संस्था ,बैंक ,सहकारी ,उद्योग ,सरकारी कार्यालयका प्रतिनिधिहरुलाई तालीम प्रदान गर्दै आएको छ।

यस संस्थाले भुटान सरकार संगको समन्वयमा त्यहाका मन्त्रालय र सरकारी कार्यालयका अधिकृत र कर्मचारीहरुलाई विवध विषयको तालीम  प्रदान गर्दै आएको छ ।

हामी केवल कोठा भित्र मात्र तालीम सिमित पार्दैनौ घुमफिर र अन्य स्थानमा स्थलगत रुपमा ज्ञान र अनुभव साट फेर गर्दछौ जुन अहिलेको नविन तरिका र प्रभावकारी तालिमको तरिका हो , इन्टरनेसनल स्टानडर्ड आइकन नेपालका कार्यकारी निर्देसक राज पौडेल  बताए।

यस संस्थाले विस्वका अन्य देशका प्रतिनिधिहरुलाई नेपालमा ल्याउनुका साथै नेपाल बात अन्य देशहरुमा पनि तालिमका लागी प्रतिनिधिहरु पठाउदै आएको छ । सिंगापुर ,मलेसिया ,अमेरिका ,दुबई ,भारत ,भुटान ,थाईल्याण्ड लगायतका देसमा साखा र सम्बन्धन रहेको यस संस्थाले हरेक किसिमका तालिम रआवधिक अध्ययनको व्यवस्था गर्दै आएको छ।

हामी संग रास्ट्रिय र अन्तरास्ट्रिय क्षेत्रमा नाम कमाएका स्वदेसी र विदेसी प्रशिक्षकहरु हुनु हुन्छ जसले गर्दा हामी अरु भन्दा फरक र नविन तरिकाले तालीम प्रदान गर्न सफल भएका छौ भने आगामी दिनमा नेपाल व्यवसायिक तालिमको हब बनाउने अभियानमा रहेका छौ .संस्थाकी संस्थापक सिर्जना श्रेष्ठले कपन अनलाइनलाई बताइन ।

भर्खरै भुटान सरकारका सचिव स्तरीय प्रतिनिधिहरुलाई तालिम प्रदान गरेको यस संस्थाले सेप्टेम्बर महिनाको २५ तारिख देखी अमेरिकामा १० दिनको लागी नेपाली तथा विदेसीहरुका लागी तालिम संचालन गर्दै छ ।

अमेरिकामा हुने तालीम मा सहभागिताका लागि तलको लिंक मा जानुहोस :www.isinepal.com

तपाइँको प्रतिक्रिया ।