नागार्जुन नगरपालिका वडा नं.८ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं.८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १९।

नागार्जुन नगरपालिका वडा नं.८ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार र निर्माण गर्ने र वडालाई नमुना वडा बनाउन सामाजिक,सांस्कृतिक र भौतिक रुपमा सम्पन्न बनाउने प्रमुख योजना रहेको वडा नं ८का अध्यक्ष शुक्र बहादुर तामाङले बताए ।

यस वडाका मुख्य तथा सहायक सडकहरुमा मजुवाको ठाडो बाटो ढलान गर्ने चुनदेवी वस्ती देखी  ठुलधारा सम्म नया बाटो खोल्न, घट्टे खोला हुदै भर्यांग  घुम्ती बाटो स्तरउन्नती गर्ने भिरकोट बाट थाप्ले जोड्ने सडक विस्तार गर्दै मर्मत सुधार गर्ने , भिमसेन स्थानबाट दुबे चौर, कानपुर हुदै पाखुरे फेदी र भिमढुगां बसर्पाकबाट भिमसेन स्थानसम्मको ठाडो बाटो ढलान गर्ने  योजना रहेको वडा नं. ८का अध्यक्ष  तामाङले बताए ।

वडा भित्र खानेपानी सहज तरिकाले वितरण गर्नका लागि खानेपानी क्षेत्रीय कार्यलय संग समन्वय गर्दै टयाङ्की निर्माण गरि एक घर एक धाराको अवधारणलाई सफल बनाउने योजना वडा नं. ८ ले बनाएको छ ।
वडा भित्र रहेको सार्वजनिक जग्गाको अभिलेख संकलन गर्दै संरक्षण गर्ने र वडाका नर्सरी भ¥याङमा रहेको मैदानलाई क्षेत्रीय स्तरको खेल मैदान बनाउने, भिमसेनथान मन्दिरमा रहेको सार्वजनिक जग्गामा र बरुवाल डाँडामा पार्क बनाउने, एन डाँडालाई सेल्फीपार्क बनाउने, भकुण्डे चौरमा रहेको सार्वजनिक जग्गामा सामुदायिक भवन बनाउने र मङल्डीमा रहेको सार्वजनिक जग्गामा टेवलटेनिस खेलको लागी पुर्वाधार निर्माण गर्ने योजना रहेको वडा नं. ८का अध्यक्ष तामाङले बताए ।

जेष्ठ  नागरिक सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउदै लाने र अशत्तहरुलाइ घरघरमै जनप्रतिधि मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना वडा नं. ८ले बनाएको छ ।

वडा भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धी गर्न पहल गर्ने योजना वडा नं ८को रहेको छ।

महिलाहरुलाई सिपमुलक तालिम दिई आयआर्जनमा लगाउने र युवा स्वरोजगार सम्बन्धी  कार्यक्रम बनाउने योजना वडा नं.८को रहेको छ ।
कृषिलाई वैज्ञानिकरण गर्दै कृषि बिज्ञहरुको परार्मश लिई महिला समुह मार्फत आधुनिक कृषि खेतीमा किसानहरुलाई  प्रोत्सहान गर्ने योजना वडा नं.८ ले बनाएको छ ।
वडाका मुख्य सडकहरुमा सौर्य बत्ती जडान गर्ने, भिमसेन मन्दिर र नर्सरी भ¥याङमा सार्वजनिक शौचालय बनाउने र स्वस्थ्य चौकीको स्तर उन्नती गर्दै ल्याब सहितको वर्थिङ केन्द्र स्थापना गरि २४ सै घण्टा एम्बुलेन्स चलाउने योजना रहेको वडा नं. ८का अध्यक्ष तामाङले बताए ।

वडामा सेवा लिन आउने सेवा ग्राहीहरुलाई समय अनुसारको छिटोछरिटो सेवा प्रदान गर्दै वडा वासीहरुलाई समयमा कर तिर्न सचेतना जगाउने र हरेक वडाका कार्यमा वडावासीलाई सहभागि गराउने योजना वडा नं. ८ले बनाएको छ ।
वडा भित्र रहेको एतिहासिक भिमसेन स्थान, भिमढुङ्गाको चिनारी दिने भिमको ढुङ्गा पुरात्तत्व विभाग संग समन्वय गरि स्थापना गरिने र बरुण डाँडामा रहेको पोखरी, खड्का गाउँको गुर्जुधाराको संरक्षण गर्दै भिम ढुङ्गामा रहेको बसपार्कलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको वडा नं. ८का अध्यक्ष तामाङले बताए ।

तपाइँको प्रतिक्रिया ।