नागार्जुन नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन १९।
नागार्जुन नगरपालिका वडा नं ९ भित्र रहेका मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार र निर्मण गरी वडा भित्र सहज आवागमनको व्यवस्था गर्ने वडा नं ९ को प्रमुख योजना रहेको वडा नं ९ का अध्यक्ष रामकृष्ण भट्टराईले बताए ।
वडाका मुख्य तथा सहायक सडकहरुमा रिसाल गाउको ठाडो उकालो ढलान गर्ने , आदर्श नगरको ३६० मिटर बाटो कालो पत्रे गर्ने ,पञ्चकन्या मन्दिर बाट साबिक गाबिस चोक सम्म कालोपत्र गर्ने ,रेडियन्ट स्कुल हुँदै बिडारी गाउ सम्म सडक मर्मत स्तरुन्नती गर्ने ,भित्र बाटो बकैनाको बोट साबिक ६ को देबराज भट्टराईको बाटो मर्मत स्तरुन्नती गर्ने ,कृष्णहरी बुढाथोकीको घर बाट वडा कार्यलय हुँदै हरिशरण बुढाथोकीको घर हुँदै रामेश्वर भट्टराईको मुलगेट सम्म पर्खाल र ढल सहित सडक स्तरुन्नती र मर्मत गर्ने योजना रहेको अध्यक्ष भट्टराईले बताए ।
वडा नं ९ को खानेपानीको समस्या समाधानका लागी क्षेत्रीय खानेपानी आयोजना संग समन्वय गरी फिल्टर सहित ५० नया धारा बितरण गर्ने र वडामा अन्य स्थानमा उचित श्रोतको पहिचान गरी खानेपानी आयोजना निर्माण गर्ने वडा नं ९ को योजना रहेको छ ।
जेष्ठ नागरिक सामाजीक सुरक्षा भत्ता वडा बाट नै बितरण गर्ने प्रयासमा वडा नं ९ रहेको छ ।यसका साथमा वडामा जेष्ठ नागरिकहरुलाई विश्राम स्थल र सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष भट्टराईले बताए ।
वडा नं ९ मा रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने र भूक्षयको समस्या समाधान गर्न स्थानीय छलफल गरि आवश्यक पहल गर्ने तथा लोकतान्त्रिक जनआन्दोलनका सहिद प्रधुम्न खड्काको शालिक सहित पार्क बनाउने योजना रहेको अध्यक्ष भट्टराईले बताए ।
वडावासीहरुलाई करको महत्व बुझाउने उदेस्यले कर सचेतना कार्यक्रम संचालन गर्ने वडा नं ९ ले जनएको छ ।
महिला लक्षित कार्यक्रम तर्फ आयमुलक र शिपमुलक तालिम र कार्यक्रम संचालन गर्ने योजनामा वडा नं ९ रहेको छ भने युवाहरुलाई रचनात्मक र सृजनशील गतिविधिमा सक्रिय बनाउन सबै सरोकारवाला पक्ष संग छलफल गरी निश्चित कार्यक्रम तय गर्ने योजनामा वडा नं ९ रहेको छ ।खेलकुदको विकासका लागी वडामा कबर्ड हल बनाउने अध्यक्ष भट्टराईले बताए ।
वातावरण संरक्षणका लागी प्लास्टिक न्यूनीकरण गर्ने र सार्बजनिक सौचालय निर्माण र सौर्य बत्ती जडान गर्ने योजना वडा नं ९को रहेको छ। साथै “एक घर एक बिरुवा” को अबधारणा अनुसार कागती एभोकार्ड़ो जस्ता बिरुवा बाडेको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना वडा नं ९ को रहेको छ ।
वडा नं ९ मा सामुदायिक विद्यालय नभएकोले निजि बिधालयको अनुगमन गरी राज्यले तोकेको छात्रवृत्ति प्रदान गर्ने वातावरणको लागि पहल गर्ने योजनामा वडा नं ९ रहेको छ ।
वडा नं ९ मा स्वास्थ्य चौकी पनि नभएकोले स्वास्थ चौकी बनाउन पहल यथासिघ्र सुरु गर्ने अध्यक्ष भट्टराईले बताए ।