जनताको समस्या संकलन गर्न टोलटोलमा बुनपा वडा नं. १२ का जनप्रतिनिधिहरु

जनताको समस्या संकलन गर्न टोलटोलमा बुनपा वडा नं. १२ का जनप्रतिनिधिहरु

कपन अनलाइन

काठमाडौ,साउन १७।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ को जनप्रतिनिधिहरुले आफ्नो वडाभित्र रहेका विविध समस्याहरुको समाधानको खोजीका लागि स्थलगत अध्ययन सुरु गरेका छन् ।

श्रावण १७ गते देखी  वडा अध्यक्षको नेतृत्वमा पाँचैजना जनप्रतिनिधिहरुले वडाभित्र विशेषगरी नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित फेर्नुपर्ने काठको पोल, सार्नुपर्ने तार आदिका सम्बन्धमा सम्बन्धित टोलका व्यक्तित्वहरुसँग परामर्श गरेका  छन  ।

भ्रमणका क्रममा भेटिएका घरभित्रै बिजुलीको पोल, ढल्न लागेको पोल आदिको सूची बनाई नेपाल विद्युत प्राधिकरणमा आवश्यक कार्यको लागि लेखी पठाउने र दशैं अगावै उक्त समस्याहरुको निराकरण गर्ने वडा अध्यक्ष शम्भु भट्टराईले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।