तारकेश्वर नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १७।

तारकेश्वर नगरपालिका वडा नं २ को खानेपानीको समस्या समाधानका लागी मुहान संरक्षण गरी  एउटा रिजर्भ ट्यान्की निर्माण गरी  एकीकृत प्रणाली बाट पानीको बितरण गर्ने “एक घर एक धारा” भन्ने नारालाई लागु गर्ने  प्रमुख योजना रहेको  वडा नं २ का अध्यक्ष रबिन्द्र के.सीले बताए ।

वडाका मुख्य तथा सहायक सडकहरुको  मर्मत ,सुधार र निर्माण वडा नं २ को अर्को प्रमुख योजना रहेको छ ।जसमा सहायक सडकहरुमा  ढल, ड्रेन नाली निर्माण पछी मात्र सडक मर्मत गर्ने योजना वडा नं २ को रहेको छ ।

वडामा बृहत शान्तीधाम बन्दै गरेको काभ्रेस्थलीमा बद्रीनाथको मन्दिर बनिरहेको हुनाले यस वडालाई धार्मिक पर्यटनको केन्द्रविन्दु वडा बनाउने अध्यक्ष के.सीले बताए ।

वडामा पर्यटन विकासको प्रचुर सम्भावना रहेको हुनाले त्यसको विकासको लागी विस्तृत  योजना निर्माण गर्ने वडा नं २ ले बतायो ।यसका लागी तारकेश्वोर -ककनीलाई हाइकिङ रुट बनाउने योजनामा वडा नं २ रहेको छ ।

वडा नं २ को देबिस्थानमा रहेको तामाङ बस्तीलाई नमुना बस्ती बनाउनुका  साथै सरसफाइ र फोहोर ब्यबस्थापन गरी सड्ने गल्ने फोहोरबाट ग्यास निकाल्ने सोचमा  रहेको अध्यक्ष के.सीले बताए ।

जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने र  जेष्ठ नागरिक भेटघाट चौतारी बनाउने योजना पनि वडा नं २ को रहेको छ । त्यस्तै काशीमपाल गूठी घरलाइ सामुदायिक भबनमा परिणत गर्ने र यसको यथोचित प्रयोग गर्ने योजना वडा नं २ ले बनाएको छ ।

वडाका पुरानो टोल ठाउँको नाम हरु हराइ सकेकोले उक्त नामहरुको अभिलेख राखी पुन साइन बोर्डमा राख्ने योजना वडा नं २ को रहेको छ ।

त्यस्तै वडामा रहेको स्वस्थ चौकी स्कुलको भबनमा सार्ने र वडाका मुख्य चोकमा सौर्य बत्ती  जडान गर्ने अध्यक्ष के.सी.ले बताए ।

सिम्लेश्वर देवस्थल मर्मत गर्ने तथा वडाका अन्य धार्मिक स्थलहरुको संरक्षण र निर्माण गर्ने योजना वडा नं २ ले बनाएको छ ।

वडानं २  मा भएका बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पहल गर्ने र वडाका विभिन्न स्थानमा प्रतिक्षालय निर्माण गर्ने योजना रहेको अध्यक्ष केसीले कपन अनलाइनलाई बताए ।

लक्षित वर्गको कार्यक्रम तर्फ महिला र युवाहरुका लागि शिपमुलक र रोजगार मुलक तालीम र परामर्शको तयारी गरेको वडा अध्यक्ष के.सी.ले बताए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।