इङ्ल्यान्डसंग दक्षिण अफ्रिका पराजित

इङ्ल्यान्डसंग दक्षिण अफ्रिका पराजित

कपन अनलाइन 
काठमाडौँ, १७ साउन ।

इङ्ल्यान्डको द ओभलमा भएको खेलमा ४ सय ९२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङमा २ सय ५२ रनमै समेटिदा तेस्रो टेष्ट क्रिकेटमा इङ्ल्यान्ड २ सय ३९ रनको फराकिलो अन्तरले विजयी भएको छ ।

दोस्रो ईनिङमा इङ्ल्यान्डले ३ सय १३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेपछि दक्षिण अफ्रिकाले जितका लागि ४ सय ९२ रनको विशाल लक्ष्य पाएको थियो । पहिलो ईनिङमा ३ सय ५३ रन जोडेको इङ्ल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाले १ सय ७५ रन मात्रै जोडेपछि पहिलो ईनिङमै १ सय ७८ रनले पछि परेको थियो ।

इङ्ल्यान्डका स्पिनर मोईन अलीले दोस्रो इनिङमा ४ विकेट लिँदा रोला जोन्सले ३ विकेट हात पारेका थिए । यो जितसँगै इङ्ल्यान्डले ४ टेष्ट म्याचको शृङ्खलामा २-१ को अग्रता लिएको छ । चौथो खेल आगामी शुक्रबारदेखि ओल्ड ट्राफोर्डमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।