जनकपुरधामको विकासका लागि सरकार गम्भीर छ ः मन्त्री साह

अपन अनलाइन 

महेन्द्रनगर (धनुषा), १७ साउन ।

शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहले जनकपुरधामको विकासको लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको बताएका छन्  ।

मन्त्री साहले जनकपुरधामलाई पर्यटकीय नगरी बनाउन र यसको विकासका लागि सरकार गम्भीर रहेको बताए । जनकपुरस्थित विभिन्न ताल तलैयाको आज शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गर्न हर सम्भव प्रयास गर्ने बताए  । उनले जनकपुरको महाराज सागर पोखरी, नोचा ठाकुर पोखरीको घाट निर्माण तथा मणि मण्डपको शिलान्यास, जानकी चोकस्थित अंगराज सर–सागर पोखरीको घाट निर्माणको उद्घाटन गरे । उनले मणि मण्डपको संरक्षणका लागि रु ८० करोडको गुरुयोजना तयार पारिएको र संरक्षणका लागि तत्काल रु दुई करोड विनियोजन गरिएको जानकारी दिए । रासस

तपाइँको प्रतिक्रिया ।