काठमाडौं जिल्ला समन्वय समितिमा उम्मेद्वार शिफारिस

काठमाडौं जिल्ला समन्वय समितिमा उम्मेद्वार शिफारिस

कपन अनलाइन 

काठमाडौ,साउन १७।

काठमाडौं जिल्ला समन्वय समितिको उम्मेदवारी दर्ता आज हुदैछ ।कुनै राजनीतिक समझदारी र चमत्कार भएन  भने काठमाडौं जिल्ला समन्वय समितिमा नेकपा एमालेका उम्मेदवार बिजयी हुने निश्चित देखीन्छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले गरेका प्रमुखमा शिव बैध  उप-प्रमुखमा सरिता दाहाल सहित अन्य सदस्यहरुको नाम सिफारिस गरेको छ । काठमाडौं जिल्ला समन्वय समिति का सदस्यहरुमा रघु तिमिल्सिना , कृष्ण लम्साल , उद्धब भण्डारी महिला तर्फ तेजिला थापा , सावित्री भट्टराई , शिला चम्रकारको नाम सिफारिस भएको छ । काठमाडौं जिल्ला कमिटीले सिफारिस गरेका यी नामको साथमा प्रदेस कमिटीले राजाराम पुडासैनी र बालकृष्ण श्रेष्ठको नाम पनि थपेर स्थायी कमिटीमा पठाएको थियो ।

नेकपा एमालेको स्थायी कमिटीले बैद्य र दाहाललाई प्रमुख र उप प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला समन्वय समितिमा २२ मतदाता रहेका छन जसमा नेकपा एमालेका १५ र नेपाली कांग्रेसका ७ मतदाता रहेका छन । महानगर पालिका र नगरपालिका का प्रमुख र उप प्रमुख जिल्ला समन्वय समितिको निर्वाचनका मतदाता हुने प्रावधान रहेको छ ।

समन्वयकारी भूमिका हुने भएता पनि काठमाडौं जिल्लाका महानगर र नगर पालिकाको विकास निर्माण र योजनाहरुको समन्वय गर्ने भएकोले यसको महत्व पदीय हिसावले ठुलो मानिन्छ ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।