तारकेश्वर नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १७

तारकेश्वर नगरपालिका वडा नं ८ मा एउटा सामुदायिक बिधालय स्थापना गर्ने र निजि बिद्यालयमा १० प्रतिसत छात्रवृत्ति जिल्ला शिक्षाले तोकेको मापदण्ड भित्र रहनको लागी अनुगमन गरी लागु गर्नुका साथै वडालाई पूर्ण साक्षर बनाउने प्रमुख योजना रहेको वडा नं ८ का अध्यक्ष मनोज घिमिरेले बताए ।

वडाका विभिन्न स्थानमा सीसीटिभी जडान भैसकेको छ भने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बैंक मर्फत निश्चित मितिमा एउटा स्थान तोकि मोबाईल बैन्किङ गराउने योजना वडा नं ८ को रहेकोछ ।यसका लागी सिबिल बैंक संग  कुरा गरिसकेको जानकारी अध्यक्ष घिमिरेले कपन अनलाइनलाई दिए । जेष्ठ नागरिकको लागी शिव मन्दीरमा भेटघाट स्थल बनाउने योजना पनि वडा नं ८ को रहेको छ ।

वडा भित्र रहेका मुख्य तथा शाखा सडकहरु वर्षा याममा निर्माण गर्दा गुणस्तरमा असर पर्ने देखिएकोले तत्काल खाल्डाखुल्डी पुर्ने र अनुकुल मौसममा मर्मत ,सुधार र निर्माण गर्ने वडा नं ८ को योजना रहेको छ । ज्ञानभुमी हाइटको बाटो स्तरुन्न्ती गर्ने र  वडा ७र ८को सिमानाबाट बाटो निर्माण गरि स्तरुन्नती गर्ने मुख्य योजना वडा नं ८ ले बनाएको छ ।

“कर बध्याताले होइन रहरले तिरौ”भन्ने नारा सहित वडा भरी  कर सचेतना कार्यक्रम संचालन गर्ने वडाले योजना निर्माण गरेको छ ।

खानेपानीको समस्या समाधानका लागी  बौडेश्वरको पानी फिल्टर प्लान्ट बिग्रेको हुनाले अहिले धमिलो हिलो पानी आइरहेको को छ जुन नगरपालिकाका वडा १,७,८,९,१०र ११मा बितरण भैरहेकोले नया फिल्टर प्लान्ट जडान गर्न पहल गर्ने योजना वडा नं ८ को रहेको छ  ।

वडा नं ८ का युवाहरुलाई रचनात्मक र सृजनशील गतिविधिमा संलग्न गराउनका लागी पिपल डाडामा रहेको युबा क्लब ब्यबस्थित गर्नुका  साथै समाजसेवा र  बिकास प्रती युबाको आकर्षण  बढाउन विभिन्न युवा लक्षित कामहरु गर्ने अध्यक्ष घिमिरेले बताए ।

वडामा फोहोरमैला व्यवस्थापनको चुनौती रहेको छ र यसको समाधानका लागी सरोकारवाला संघ संस्था संग समन्वय गरेर उचित व्यवस्था गर्ने योजनामा रहेको अध्यक्ष घिमिरेले बताए ।

लक्षित वर्गका कार्यक्रम तर्फ महिलाको व्यक्तित्व तथा नेतृत्व बिकासको लागि शिपमुलक आय आर्जनको तालिम प्रदान गरी वडाको निरीक्षण र अनुगमनमा उत्पादन मुखी गतिविधि संचालन गरिने वडा नं ८ ले बताएको छ ।

वडा नं ८ भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरेर तिनीहरुको उचित प्रयोग र संरक्षणको योजना निर्माणमा लागेको अध्यक्ष घिमिरेले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।