काठमाडौ महानगरपालिका वडा नं. ९ का योजना तथा कार्यक्रमहरु

काठमाडौ महानगरपालिका वडा नं. ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १७ ।

काठमाडौं महानगरपालिका वडा नं. ९ भित्र रहेका पुरानो बानेश्वरबाट नागबेली मार्ग सडक बरिष्ट जोड्ने सडक, सिनामङगल शम्भु मार्ग  हुदै पहेलो पुल जोड्ने सडक, नोबल हस्पिटल पछाडीको बाटो विस्तार गर्ने विजयचोक मुख्य  सडक हुदै पिङगलास्थानसम्म जोड्ने बाटो लगायत वडा भित्र रहेका १३ वटा अन्य सडकहरुको स्थरउन्नति गर्दै २०२१ साल र २०४४ साल देखीनै जिएलडिमा परेका बाटाहरु स्थानीय जनताहरुको सल्लाह र सहयोगमा खोल्ने आफ्नो मुख्य योजना रहेको वडा नं. ९ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

वडा भित्र रहेका सारदा मावी , गुहेश्वरी मावी, मङगलादेवि मावीको स्तरउन्नति गर्दै बालपीठ  प्राविको शैक्षिक अवस्था कमजोर रहेको हुदा स्थानिय र शिक्षाविदहरुको राय र सुझाव लिदै वडाका अन्य मावीमा गाभ्ने गर्ने योजना वडाको रहेकोछ ।

जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गर्ने योजना वडाले बनाएको छ । युवाहरुलाई खेलकुदका माध्यमबाट एकिकृत गर्दै आयआर्जन मुलक कार्यमा लगाउने कामपा वडा नं. ९ को योजना रहेको छ ।

कामाण्डौं महानगरपालिकाले छुटाएको महिला र बालबालिकाको १ लाख देखी ३ लाख सम्मको बजेटलाई आफ्नो वडामा सीपमुलक र आयआर्जनमा लगाउदै बालक्लब र अन्य सहयोगी  संघसंस्थासँग मिलेर सचेतना कार्यक्रम गर्ने योजना ९ नं. वडाले बनाएको छ ।

वडा भित्र रहेका सार्वजनिक जगगाको अभिलेखिकरण गर्दै संरक्षण गर्ने तथा जेष्ठ नागरिक मिलन केन्द्र (क्लब)निर्माण गर्ने , वडामा वा शसुल्क तथा निशुल्क विक्षाम गृह बनाउन पहल गर्ने, बाल उध्यान बनाउने योजना वडा नं ९ को रहेको छ ।

वडा नं ९ का  सार्वजनिक जग्गाहरु राममन्दिर पछाडी , तिलगंगा सुचना विभाग पछाडी  र मैतिदेवि सेतोपुल मध्ये उचित ठाउँमा अपाङ्गमैत्री र सुविधा युक्त वडा भवन निर्माण गर्ने वडामा रहेको स्वास्थ्य क्लिनिकको स्तर उन्नति गर्दै वडाको उचित स्थानमा भवन निर्माण गर्ने र पन्चकुमारी मन्दिरमा रहेको बालउध्यान, बागमति किनारमा रहेको सशस्त्र उध्यानको संरक्षण गर्दै उचित ठाउँहरुमा सर्वसुविधा सम्मपन्न जेष्ठ नागरकि उध्यान बनाउने  योजना वडा नं. ९ को रहेको अध्यक्ष श्रेष्ठले बताए ।

विपद व्यवस्थापन समिति बनाई सार्वजनिक जग्गामा विपद परेको  अवस्थामा राख्ने ठाउ बनाउने र रामनवमीका दिन मेला लाग्ने राम मन्दिर लगायत वडा भित्र मनाइने अन्य जात्रा पर्वहरुको संरक्षण गर्ने कला संस्कृतिको संरक्षणमा विशेष पहल रहने योजना वडा नं. ९ ले बनाएको छ ।

वडामा सेवा लिन आउने सेवाग्राहीलाई समय सापेक्ष सुविधा दिन सहज र सरल तरिकाबाट अनलाइन सेवा दिने योजनामा रहेको वडा नं. ९का अध्यक्ष श्रेष्ठले वताए ।

तपाइँको प्रतिक्रिया ।