बुढानिलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,साउन १६  ।

बूढानिलकण्ठ नगरपालिकाको नगरसभा ७० करोड ९७ लाख ८६ हजार ६ सय १० को बजेट सामान्य संसोधन सहित सर्वसम्मतीमा पारित गरी सम्पन्न भएको छ ।नगरसभाले बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईको संयोजकत्वमा पर्शुराम कार्की र भगवती निरौला सदस्य रहेको न्यायीक समिती गठन गरेको छ । न्यायीक समितिले नगरपालिकाको न्याय सम्पादन सम्बन्धी काम गर्नेछ ।

बुढानिलकण्ठ नगरसभाको दोश्रो सत्र असार ३१ गते सम्पन्न भएको थियो।  सो सत्रमा कार्यालय  सञ्चालनको लागी आवश्यक ऐन तथा विधेयक माथी छलफल भएको थियो ।

बुदनिल्कण्ठ नगरपालिकाले श्रावण १ गते देखी खर्च गर्नको लागी पेश्की बिधेयक ल्याएको थियो जसले  नगरपालिकालाई एक तिहाई खर्च गर्नको लागी बाटो खुलेको थियो ।

सो  बैठकबाट आर्थिक ऐन, विनियोजन एेन, नगर सभा सञ्चालन विधेयक, नगर कार्यपालिका कार्यसम्पादन नियमावलि, बैठक सञ्चालन नियमावली पनि पारित गरिएको हो।

असार २९ गते सम्पन्न नगर सभाको प्रथम सत्रले आर्थिक वर्ष २०७४/२०७५ को लागी अनुमानित ७० करोड ९७ लाख ८६ हजार ६ सय ९० रुपैया को बजेट प्रस्ताव गरेको थियो।

फोटो सौजन्य : बुढानिलकण्ठ नगरपालिका प्रमुखको कार्यालय

पहिलो सत्रमा  पेस गरेको बजेट सम्बन्धी समाचार तल हेर्नुस :

बुढानीलकण्ठ नगरपालिकाको द्वारा आर्थिक वर्ष २०७४/२०७५का लागी अनुमानित ७१ करोड बजेट प्रस्तावित

 

 

 

न्यायिक समिती पनि बनाइयो

आज सम्पन्न नगरसभाले उपप्रमुख रमादेवी राई को संयोजकत्वमा नगरसभा सदस्य परशुराम कार्की र भगवति निरौला सहित ३ सदस्यीय न्यायीक समिती गठन गरेको छ । यस समितीले न्याय सम्पादन सँग सम्बन्धित कामहरु गर्ने छ।
यस आर्थिक वर्षको लागी नगरसभामा गत असार २९ गते पेश भएको ७० करोड ९७ लाख ८६ हजार ६ सय १० को बजेट पनि सामान्य संसोधन सहित सर्वसम्मतीमा पास भएको छ । यो वर्षको बजेट गत पौषमा नै परिषदबाट पारित योजना तथा कार्यक्रमहरुमा सामान्य संसोधन गर्दै थप वडा स्तरीय र नगरस्तरीय सहित बनाईएको हो ।

तपाइँको प्रतिक्रिया ।