तारकेश्वर नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन १६ ।

तारकेश्वर नगरपालिका वडा नं ३ मा रहेका तारकेश्वर मन्दिर, ऐतिहासिक पाँचमाने भञ्ज्याङ् र पुरातात्विक महत्व बोकेको सिद्देश्वर महादेब मन्दिर र अकबरेश्वर महादेब मन्दिर संरक्षण गरी  पुरातात्त्विक सम्पदामा राख्न पहल गर्ने योजना वडाको मुख्य योजना रहेको वडा अध्यक्ष मनोहरी तिवारीले बताए ।

वडाका मुख्य तथा सहायक सडकहरुको मर्मत र सुधार गर्ने वडाको अर्को प्रमुख योजना रहेको छ । यस्ता सडकहरुमा तीनपिप्ले रामघाट मोटर बाटो मर्मत गर्ने , तीनपिप्ले चोगाउ मोटरबाटो बनाउने ,आठ माइल -डाडा गाउँ – ख्याल बुच्चा मोटरबाटो स्तरुन्न्ती गर्ने ,फेदीबजार -राम घाट -पाँचमाने बाटो आवश्यकता हेरी ढलान गर्ने मर्मत गर्ने वडा नं ३ को योजना रहेको अध्यक्ष तिवारीले बताए ।

वर्षायाममा बालाजु त्रिशुली सडकमा सडक बिस्तारको क्रममा समयमा नै ठेकदारले काम नसक्दा आहिले पहिरो खसी सडक धेरै अबरुद्ध हुने भएकाले हाल पहिरो पन्छाउने काम भैरहेको र चाडै नाली ड्रेनको ब्यबस्था गर्ने योजना वडा नं ३ को रहेको छ ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मै बैक स्थापन गरी  निश्चित मिति तोकि त्यही बाट बितरण गर्ने सोचमा वडा रहेको छ साथै जेष्ठ नागरिकहरुका लागी सत्सङ भजन स्थल निर्माण गर्ने योजना वडाले बनाएको  छ ।

वडामा रहेको रहेका विभिन्न स्थानमा सौर्य बत्ती जडान गर्ने र वडाका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरि संरक्षण गर्ने अध्यक्ष तिवारीले बताए ।

वडामा सामुदायीक सिकाइ केन्द्रको स्थापना गर्ने त्यस्को लागी रास्ट्रिय अन्तरास्ट्रिय गैर सरकारी संस्थाहरु सङ समन्वय गरी विशेष योजना बनाउने वडाले जनाएको छ ।

वडामा रहेको खानेपानीको समस्या समधानका लागी एकद्वार नीतिबाट बितरण गर्ने र चुहावट रोकी अन्य स्रोतको खोजी गर्नुका साथै बनिरहेको रीजर्भ ट्यान्कीमा जम्मा गरी  एक द्वार प्रणालीबाट बितरण गर्ने अध्यक्ष तिवारीको योजना रहेको छ ।

थानागढी भ्यु टावरलाई ब्यबस्थित गर्ने र चोगाउमा पर्यटनको लागी होम स्टे तालिम संचालन सकेको र अव होम स्टे संचालनको तयारी हुँदै गरेको वडाले जनाएको छ ।

युवाहरुको रचनात्मक विकासका लागी खेलकुदको आवस्यकता महसुस गरी ठुला गाउमा खेल मैदान बनाउने काम सुरु भएको वडाले बतायो ।यसका साथै सरस्वती आधारभुत बिधालयमा रहेको खेलमैदान बनाउने योजना वडा नं ३ को रहेको छ ।

महिला तथा बेरोजगार युबालाई शिपमुलक आयआर्जनका तालीमदिने योजना रहेको अध्यक्ष तिवारीले बताए ।

वडामा रहेको स्वस्थ्य चौकीलाई १५ सैयाको हस्पिटल बनाउने दीर्घकालीन योजना रहेको अध्यक्ष तिवारीले कपन अनलाइनलाई बताए ।

वडामा रहेका विद्यालयहरुलाई उचित सहयोग प्रदान गरी नमुना शैक्षिक संस्था बनाउने योजना बनाएको वडाले कर सम्बन्धी सचेतना कार्यक्रम गर्ने जानकारी कपन अनलाइनलाई दिएको छ ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।