तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा चारधाम बन्दै

तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा चारधाम बन्दै

कपन अनलाइन 

काठमाडौ,साउन १६।

हिमवत खण्ड नेपाल महात्म्य आदीमा बर्णन गरिएको तिर्थस्थल शिवपुरीको द्वार  काठमाडौको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थलीमा बनिरहेको छ । हिन्दुहरुको पवित्र तिर्थस्थल चारधाम (बद्री नारायण ,द्वारिकाधिश, रामेश्वरम , जगन्नाथ धाम ) को नमुना यहाँ निर्माण गर्न लागिएको हो ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटन वृद्धि गर्न हिन्दुहरुको प्रमुख धार्मिक स्थल चारधाम नेपालमै शास्त्रोक्त प्रमाणित स्थानमा बनोस जसको सभ्यतालाई बिश्वले पनि अनुसरण गरोस् भन्ने पबित्र उदेश्यका साथ स्वामी चतुर्भुजाचार्य चुडामणी महाराजको प्रमुख संकल्प एब धर्मानुरागीहरुको सहयोगमा बृहत शान्तिधाम निर्माण भइरहेको छ ।

बृहत शान्तिधाम नेपालले  २०६८ सालमा दर्ता भइ हाल सम्म विविध धार्मिक तथा सामाजिक काम गरिरहेको छ ।

२०७२ सालको भुकम्प पश्चात बद्रीनाथ मन्दिर निर्माण सुरु भएको छ ।जस्तो भारतमा छ् तेस्तै मन्दिर निर्माण भैरहेको संस्थाले जनाएको छ । २०७५ मा सक्ने लक्ष्यका साथ बद्री नाथको मन्दिर निर्माण भैरहेको छ । २०७५ बैशाख ५ गते अक्षय त्रितियाको दिनमा बुढानिलकण्ठ मन्दिर परिसर बाट बद्रीनाथको मुर्तीलाई रथारोहण गरि तारकेश्वर मन्दीर परिसर सम्म ल्याइने छ कार्यक्रम रहेको संस्थाका एक प्रतिनिधिले कपन अनलाइनलाई बताए ।

बद्रीनाथको मुर्ति २० लाख भारु खर्चमा भारत मै स्वामी चतुर्भुजाचार्य चुडामणि महाराजका  अनुयायी एब शिष्यहरुको सौजन्यमा प्राप्त हुँदै छ ।

झण्डै एक अर्बको लागतमा चार धाम निर्माण हुँदैछ ।नेपाल मै चार धाम बनेपछी  वार्षिक झन्डै ३३ अर्ब रुपैयाँ चारधाम तिर्थको लागी भारत जाने पैसा नेपालमै रोकिने बिश्वास लिएको स्वमी चतुर्भुजाचार्य चुडामणी महाराजले बताए ।

काठमाडौको निकै रमणीय स्थानमा रहेको यस शान्ती धामले  धार्मिक पर्यटकीय स्थान बन्ने प्रचुर सम्भावना बोकेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।