तारकेश्वर नगरपालिका वडा नं ११ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ११ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १६।

तारकेश्वर नगरपालिका वडा नं ११ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार र निर्माण गरी वडा भरी सहज आवागमनको व्यवस्था गर्ने मुख्य योजना रहेको वडा नं ११ की अध्यक्ष बिन्दु बुढाथोकीले बताइन ।

यस्ता सडकहरुमा नेपालटार देखी धर्मपाल थापाको घर हुँदै फुटुङ साङ्ला जाने बाटो कालोपत्रे गर्ने, कान्तिपुर प्यालेस देखी  युरिका स्कुल हुँदै मुलसडक छुने मार्ग कालोपत्र गर्ने , मुल सडक बाट बिन्ध्यबासिनी उकालो हुँदै चारघरे बाट मुल बाटो मर्मत गर्ने , वडा ८र ११ को वडा सिमाना बाटो खोल्ने र लाखेडोल भित्री बाटोहरु ढलान गर्नुका साथै आवश्यकता हेरी ब्लक इट्टा छाप्ने कार्य प्राथमिकतामा रहेको अध्यक्ष बुढाथोकीले बताइन ।

वडामा रहेको खानेपानीको समस्या समाधानका लागी हिरापुर हाइटमा खानेपानी बिस्तार गर्ने र अन्य स्थानको श्रोत पहिचान गरी संरक्षण र प्रयोगको योजना बनाउने वडा नं ११ ले जनाएको छ ।

वडा नं ११ मा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी तिनको उचित संरक्षण गर्नुका साथै उचित स्थानमा बाल उध्यान आदि बनाउने अध्यक्ष बुढाथोकीको योजना रहेको छ । बाल उत्थानका लागी  विवध  कार्यक्रम गर्ने अर्को महत्वपूर्ण योजना वडाले बनाएको छ ।

महिला तथा युवा लक्षित कार्यक्रम तर्फ सीपमुलक र आयआर्जनका तालीम दिई रोजगार सृजना गर्ने योजना वडाको रहेको छ ।

वडाका धार्मिक सम्पदाहरु बिन्ध्याबासिनी , पन्चेश्वोर महादेब मन्दिर संरक्षण गर्ने अध्यक्ष बुढाथोकीको विशेष योजना रहेको छ ।

नेपालटार पुल नजिक सार्बजनिक सौचालय निर्माण गर्ने र जरङ्खुमा जेष्ठ नागरिक लगायत सबैलाइ हुने भेटघाट चौतारी बनाउने योजना वडा नं ११ ले बनाएको  छ ।

वडामा रहेका शैक्षिक संस्थाहरु संग छलफल गरी शैक्षिक योजना निर्माण गर्ने अध्यक्ष बुढाथोकीले कपन अनलाइनलाई बताइन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।