सुनसरीका तीन पत्रकार पुरस्कृत
कपन अनलाइन
इनरुवा, १२ साउन । ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट जिल्लाका तीन पत्रकारलाई बुधबार पुरस्कृत गरिएको छ ।
जिल्लाको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाले जिल्ला समन्वय समितिको सहयोगमा स्थापना गरिएको ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पत्रकार सन्तोष यादव, केशव घिमिरे र देवेन्द्र कार्कीलाई पुरस्कृत गरेको हो महासङ्घले झुम्कामा आयोजना गरेको पत्रकारिता तालीम समापनको अवसर पारेर पुरस्कृत गरिएको हो ।
तीनैजना पत्रकारको नाम महासङ्घले गठन गरेको सिफारिस समितिले सिफारिस गरेको थियो । सिफारिस भई आएका नामलाई जिल्ला कार्य समितिको बैठकले अनुमोदन गरेको थियो । उनीहरुलाई सम्मानपत्र, दोसल्ला र जनही रु १५ हजारका दरले पुरस्कृत गरिएको महासङ्घका जिल्ला अध्यक्ष अमर खड्काले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।