गोकर्णेश्वर नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

गोकर्णेश्वर नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १२ ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ का मुख्य र सहायक सडकहरुको मर्मत,विस्तार र सुधार गर्ने प्रमुख योजना रहेको वडा नं २ का अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले बताए ।

यस वडाका सडकहरुमा चण्डीकाश्वरी देखि इन्द्रेश्वर सम्मको सडक स्तरुन्नती ,भैरबस्थान देखी स्वर्गपुरी सम्म जाने बाटोमा रीटेनिङ पर्खाल निर्माण र ड्रेन सहित बाटो बिस्तार मर्मत गर्ने ,बङ्गलाबन गाउँ जाने वाटो स्तरुन्नती सहित ग्राबेल गर्ने र दोभानभित्री बाटो जोड्नको लागि कलवर्ट बनाई उकालोमा ढलान गर्ने योजना वडाले बनाएको छ ।

वडाको खानेपानीको समस्या समाधानका लागी नगरपालिका मिलेर बनगाउमा रिजर्भ ट्याक चाडो सक्ने योजना रहेको अध्यक्ष क्षेत्रीले बताए ।

वडा नं २ मा स्वास्थ्य चौकीको निर्माण  गरी सर्वसुलभ सेवा प्रदान गर्ने योजनमा रहेको वडा ले सार्वजनिक जग्गाहरुको अभिलेख संकलन यही  साउन १५ गते बाट सुरु गर्ने निर्णय गरेको छ ।

युवाहरुको सृजनात्मक गतिविधिका लागी दशैँ को अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने योजना वडाले बनाएको छ ।

जेष्ठ नागरिकको सम्मानका लागी घर घरमा नै सामाजिक सुरक्षा भत्ता पुर्याउने व्यवस्था गरेको वडाले जेष्ठ नागरिक केन्द्रित अन्य कार्यक्रम पनि संचालन गर्ने अध्यक्ष क्षेत्रीले बताए ।

वडालाई खुल्ला दिशामुक्त घोषणा गरि पायक पर्ने स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने योजना बनाएको वडा नं २ ले वडाका सडक हरुमा सौर्य बत्ती जडान गर्ने कपन अनलाइनलाई बतायो ।

वडावासीहरुलाई कर सम्बन्धि सचेतना कार्यक्रम संचालन गरी वडा को आम्दानी वृद्धि गर्ने सोलाई वडाको विकासमा लगाउने योजना रहेको अध्यक्ष क्षेत्रीले बताए ।

वडाको शैक्षिक सुधारका लागी भिमदेव  आधारभुत बिधालय र बाल उद्धार माबीको शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पहल गर्ने योजना वडा नं २ को रहेको छ ।

वडाको सरसफाईका लागी जनचेतना मुलक अभियान संचालन गर्नुका साथै वडा भित्र होर्डिंग बोर्डको प्रयोगलाई निरुत्साहित गर्ने योजनमा वडा रहेको छ ।भूकम्पले क्षति पुगेको गुम्बा संरक्षणको पहल सुरु गर्ने र त्यसलाई मौलिक शैलीमा निर्माण गर्ने योजना वडाको रहेको छ ।

वडामा रहेका खोला र खहरेहरुमा ढल मिसाउन प्रतिवन्ध लगाउने र वडाको भौतिक तथा सामाजिक विकासमा गुरु योजना सहित काम अगाडी बढाउने अध्यक्ष क्षेत्रीले बताए ।

वडामा रहेको खेति योग्य जमिनको प्रयोगका लागी तर्फ प्राविधिक बिज्ञ सङको समन्वय गरी  बैज्ञानिक खेती तर्फ कृषकलाई आकर्षण गराउने बिसेष योजना वडा नं २ को रहेको छ ।

महिला लक्षित कार्यक्रममा रोजगार मुलक आयआर्जनको शिपमुलक तालिम आयोजना गर्ने तर तालिमलाई तालिममा मात्र सिमित नराखी व्यबहारमा लागू गर्न प्रेरित गर्ने र स्वस्थ स्वयम्सेविकालाई केही सहयोग गर्ने योजना रहेको अध्यक्ष क्षेत्रीले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।