मंग्सिर ४ मै रास्ट्रिय चुनाव गर्नु पर्ने सांसद रामेश्वर फुँयालको माग

मंग्सिर ४ मै रास्ट्रिय चुनाव गर्नु पर्ने सांसद रामेश्वर फुँयालको माग

कपन अनलाइन

काठमाडौ,साउन १२।

काठमाण्डौ क्षेत्र नं ३ का सांसद रामेश्वर फुँयालले मंग्सिर ४ गते नै रास्ट्रिय चुनाव गर्नु पर्ने प्रावधान कानुन मै व्यवस्था गर्न माग गरेका छन ।सांसद फुयालले संविधानमा बजेट प्रस्तुत गर्ने दिन जेष्ठ १५ तोकिए जस्तै रास्ट्रिय निर्वाचनको पनि निश्चित दिन तोक्नु पर्ने संसोधन प्रस्ताव संसदको विधायन समितिमा  दर्ता गराएका हुन् । दोश्रो सफल संविधान सभाको निर्वाचन भएकोले यो  दिन मंग्सिर ४ लाई छानेको फुँयालको भनाइ छ ।

आफ्नो संसोधन प्रस्तावमा फुँयालले ५ प्रतिशत थ्रेस होलको पनि माग गरेका छन भने निर्वाचनमा प्राप्त मतका आधारमा सरकारले राजनीतिक दल र उम्मेदवारलाई आर्थिक सहयोग प्रदान गर्नु पर्ने माग पनि राखेका छन ।

यस्तो सहयोगले  निर्वाचनलाई पारदर्शी र सबैको पहुचमा पुर्याउन मद्दत पुग्ने सांसद फुँयालको भनाई छ । अन्यथा पैसा नहुने गरिव र निमुखाको पहुच भन्दा बाहिर निर्वाचन जाने र राजनीतिमा पैसा हुनेको मात्रै हाली मुहाली हुने देखिएको सांसद फुँयालले कपन अनलाइनलाई बताए ।   संसद्को विधायन समितिमा यसको वारेमा गहन छलफल हुने आशा रहेको फुँयालले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।