काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाको पहलमा चुनिखेलमा एम्बुलेन्स

काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाको पहलमा चुनिखेलमा एम्बुलेन्स

 

कपन अनलाइन 

काठमाडौ,साउन १२ ।

काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाको पहलमा बुढानिलकण्ठ नगर पालिका १३ को स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।सांसद थापाको पहलमा ल्याएका १० वटा एम्बुलेन्स मध्ये १ थान वडा नं १३ को  स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।

साविक चुनिखेल गाविसका पुर्व अध्यक्ष न्ह्युछे नारायण श्रेष्ठको सकृयतामा सो एम्बुलेन्सको साथमा स्वास्थ्य चौकी भवन निर्माणका लागी १ करोड रुपैया उपलव्ध गराइएको छ । यो सहयोगको लागी स्वास्थ्य मन्त्रालयको पुनः निर्माण  शाखा संग औपचारिक सम्झौता भैसकेको श्रेष्ठले  जानकारी दिए । चुनिखेल्को स्वास्थ्य चौकीलाई २०७४ साउन १२ गते एम्बुलेन्स हस्तान्तरण गरिनेछ ।

त्यस्तै सांसद थापाको पहलमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का  दुई महत्वपूर्ण सडक विकास पूर्वाधार विकासका लागी ६५ करोड रुपैया बिनियोजन गरिएको छ ।  जसमा गाम्चा -कौडोल -सापाटार -जगडोल सडकको ३ किलोमिटर ७०० मिटर  निर्माणका लागी ५२ करोड र चुनिखेल चौर -सापाटार १७०० मिटरका लागी १३ करोड रुपैया अर्थ मन्त्रालयबाट स्वीकृत भै सकेको छ ।

तपाइँको प्रतिक्रिया ।