शंखरापुर नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

शंखरापुर नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन ११ ।

यस वडा  भित्र रहेका सडकहरुको  स्तरुउन्नति गर्दै बिस्तार गर्ने र सिमलको बोटबाट कात्तिके भन्ज्याङ,नारायणबाट लम्बुडाडा, कात्तिकेबाट  चित्रे खोला भञ्ज्याङ् ,सेतिदेबी आल्डा डाडा मोटर बाटोको निर्माण गर्ने आफ्नो मुख्य योजना रहेको शंखरापुर नगरपालिका वडा ५ अध्यक्ष शेर गम्भीर थापाले बताए  ।

यसै गरि वडाका शालिनदी पुलबाट बुद्ध पालुबारी जाने बाटोको स्तरुउन्नति गर्दै वडामा रहेका अन्य २१ वटा सडक बाटोलाई दुई बर्ष भित्रमा ग्राबेल सम्पन्न गर्नुका साथै साखुबाट नगरकोटसम्म जाने सडक २६ करोडको लागतमा एडीबीको अनुदान अन्तर्गत बन्दै गरेको हुदा त्यस सडकलाई वडाको तर्फबाट सहयोग गर्ने योजना वडा नं  ५ को रहेकोछ ।

वडा भित्र सम्भावित खानेपानीको श्रोत ब्यबस्थापन गर्नुका साथै वडा भरी शुद्ध सफा पानी बितरण गर्ने योजना वडा नं ५ ले बनएको छ ।

वडा भित्र रहेका सार्बजनिक जग्गाको अभिलेखिकरण गर्दै जग्गा संरक्षण गर्ने योजनामा वडा लागेको र सिचाइ योग्य जमिनमा सिचाइको लागी ब्यबस्था गर्ने वडा नं ५ को योजना छ ।

लक्षित वर्गको कार्यक्रम तर्फ महिला तथा युवाहरुसंग समन्वय गरेर उपयोगी सीपमुकक र आयआर्जनका तालिम दिने र रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने योजनामा वडा नं ५ रहेको छ ।

यस वडामा रहेका बिधालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि पहल गर्नुका साथै साखु पालुबारी सामुदायिक प्रारम्भिक बिध्यालयलाई माबीसम्म चलाउने योजना अध्यक्ष थापाले बताए ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने र पाए नपाएको सम्पर्क गरी जानकारी लिने अध्यक्ष थापाले बताए  ।वडाको उचित स्थानमा जेष्ठ नागरिक बिश्राम्स्थल बनाउने र पुस्तकालय सहितको सुचना केन्द्र स्थापना गर्ने  योजना वडा नं ५ को रहेकोछ ।

शखरापुरको कात्तिके भन्ने ठाउँलाई अन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका  लागि होम्स्टे कार्यक्रमको थालनी गर्ने र वडामा रहेका खाली जमिनहरुमा बृक्षारोपण गर्ने योजनारहेको अध्यक्ष थापाले बताए ।

वडा भित्र भुकम्पले असर गरेका सम्पदाको पुरानै शैलीमा मर्मत गर्न पहल गर्नुका साथै वडामा रहेका बिशम्भरा नारायण मन्दिर, मुरलीधर नारायण मन्दिर संरक्षण गर्ने र यस वडामा रहेका प्राचिन ढुङेधाराहरु, माल्टा ,सेतिदेबी,चिलाउने ,हाडेबेद ढुङ्गे धारा मर्मत र संरक्षण गर्ने योजना रहेको वडा अध्यक्ष थापाले बताए ।

 

तपाइँको प्रतिक्रिया ।